२०८३ भदौ ३० गते मङ्गलबार

नयाँ करदाता पोर्टल परीक्षणमा, अनलाइन सेवामा थपिए नयाँ सुविधा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ९
New Project – 2026-08-25T160049.177

काठमाडौँः आन्तरिक राजस्व विभागले करदातालाई उपलब्ध गराउँदै आएको सेवा थप सहज र प्रभावकारी बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षणका लागि सञ्चालनमा ल्याएको छ।

विभागले भदौ ९ गतेदेखि नयाँ पोर्टल परीक्षण प्रयोगमा ल्याएको हो। नयाँ प्रणाली परीक्षणमा रहे पनि यसको परीक्षण पूरा नभएसम्म हाल सञ्चालनमा रहेको पुरानो करदाता पोर्टललाई समेत निरन्तरता दिइने विभागले जनाएको छ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार नयाँ पोर्टल ‘डिजाइन ड्रिभन डेभलपमेन्ट’ पद्धति तथा ‘माइक्रो सर्भिस आर्किटेक्चर’मा आधारित भएर विकास गरिएको हो। नयाँ प्रणालीमार्फत करदाताले विभिन्न करसम्बन्धी सेवा अनलाइनबाटै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

अन्तःशुल्क विवरण आफैं रुजु गर्न सकिने

नयाँ पोर्टलमा अन्तःशुल्कजन्य प्रतिष्ठानले बुझाउने मासिक विवरण करदाता आफैंले रुजु गर्न सक्ने सुविधा थप गरिएको छ। यसअघि यस्तो विवरण आन्तरिक राजस्व कार्यालयबाट मात्रै रुजु हुने व्यवस्था थियो।

त्यस्तै, आय विवरण (डे–०४) अन्तर्गत साविकमा अनुसूची–१० मा करदाताले आफैं विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरिएको छ। अब उक्त विवरण प्रणालीबाटै स्वतः आउने व्यवस्था गरिएको विभागले जनाएको छ।

स्रोतमा कट्टी भएको करको विवरणसमेत मासिक रूपमा बुझाउनुपर्ने व्यवस्था नयाँ प्रणालीमा समावेश गरिएको छ।

विदेशी लगानीकर्तालाई अनलाइनबाटै प्यान

नयाँ पोर्टलमार्फत विदेशी लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसका अतिरिक्त करदाताले आफ्नो स्थायी लेखा नम्बर कार्ड, अन्तःशुल्क इजाजतपत्र तथा करचुक्ता प्रमाणपत्र पोर्टलमा लग–इन गरेर आफैं डाउनलोड गर्न सक्ने सुविधा पनि थप गरिएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) विवरण संशोधनसम्बन्धी सेवा पनि नयाँ पोर्टलमा समावेश गरिएको विभागले जनाएको छ।

परीक्षण अवधिमा प्राविधिक समस्या आउन सक्ने

नयाँ पोर्टल हाल परीक्षणको चरणमा रहेकाले प्रयोगका क्रममा केही सामान्य प्राविधिक समस्या देखिन सक्ने विभागले जनाएको छ। परीक्षणबाट प्राप्त अनुभव र करदाताको प्रतिक्रियाका आधारमा प्रणालीलाई थप सुधार गर्दै लैजाने तयारी विभागको छ।

महानिर्देशक भुसालले करदाताको सुविधालाई प्राथमिकतामा राखेर पोर्टलको डिजाइनलाई थप सरल बनाइने तथा आवश्यक नयाँ सुविधाको पहिचान गरी क्रमशः समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि करदाताले विभिन्न करसम्बन्धी सेवा लिन कार्यालय धाउनुपर्ने बाध्यता कम हुने र सेवा प्रवाह थप छिटो, सहज तथा पारदर्शी हुने विभागको अपेक्षा छ।

प्रकाशित: २०८३ भदौ ९ गते मङ्गलबार ०४:०१
प्रतिक्रिया

थप समाचार

पुनरुत्थान कार्ययोजना पुँजी बजार विकासका लागि महत्त्वपूर्ण नीतिगत पहलः अध्यक्ष ढकाल

काठमाडौँ: स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनालाई...

सेयर बजार सुदृढीकरण तथा पुनरूत्थानमा २१ बुँदै कार्ययोजना, लाभकर अधिकतम ५ प्रतिशत

अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गरेको हो। यसअघि १० प्रतिशतसम्म थियो।

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...

बन्द सरकारी उद्योग सरकारले चलाउँदैन, धुलो टक्टकाएर निजी क्षेत्रलाई दिन्छौँ: अर्थमन्त्री

सरकारले विगतमा विवादित बनेका विषयलाई नछुने तर निजी क्षेत्रले सञ्चालन गर्न चाहेको अवस्थामा अपरेसनल लिजमार्फत उद्योग सञ्चालन गर्ने वातावरण बनाउने उनको भनाइ छ।

चीनको वैदेशिक व्यापार बढेर पुग्यो ५१ खर्ब ८० अर्ब डलर

काठमाडौं। छिमेकी चीनको निर्यात व्यापारको ग्राफ निरन्तर उकालो लागेको छ। मंगबार सार्वजनिक गरिएको आधिकारिक भन्सार तथ्यांकअनुसार, यस वर्षको आठ महिनामा चीनको वैदेशिक व्यापारमा निकै सकारात्मक...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना