२०८३ भदौ ३० गते मङ्गलबार

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ९
New Project – 2026-08-25T172628.083

काठमाडौँः एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन्।

यस साझेदारीअन्तर्गत रु. २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन्। त्यस्तै, रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।

मंगलबार आयोजित एक कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

साझेदारीबारे बोल्दै दत्ताले नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य सेवालाई एनसेलका प्याकसँग जोडेर ग्राहकलाई थप सुविधा प्रदान गर्न लागिएको बताए। उनले भने, ‘यसमा निःशुल्क चिकित्सक परामर्श सेवादेखि परामर्श शुल्कमा उल्लेखनीय छुटसम्मको व्यवस्था रहेको छ। यो साझेदारीले हाम्रा ग्राहकलाई केवल कनेक्टिभिटी मात्र नभई स्वस्थ जीवनका लागि पनि सहयोग सुनिश्चित गर्दछ। यो हाम्रा ग्राहकका लागि साँच्चै महत्त्वपूर्ण हुनेछ र ग्राहकलाई लाभ प्रदान गर्ने हाम्रो प्रतिबद्धताको अर्को कदम हो।’

साझेदारीअन्तर्गतको सेवा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमा लगइन गर्नुपर्नेछ। त्यसपछि एपभित्र रहेको ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गई नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ। एपले योग्य ग्राहकले प्राप्त गर्ने सुविधाको विवरण स्वतः देखाउनेछ। योग्य नदेखिएका ग्राहकले आवश्यक प्याक वा रेन्टल सेवा लिएर यस सुविधाको लाभ लिन सक्नेछन्।

नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. तोमरले चिकित्सा सेवामा पहुँच प्रदान गर्नुका साथै यस साझेदारीले कर्पोरेट क्षेत्र र स्वास्थ्य संस्थाले सहकार्य गरेर नेपालभरका समुदायका लागि गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सकिने उदाहरण प्रस्तुत गरेको बताए।

उनले यस्ता सहकार्यले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गरे।

एनसेलका अनुसार यो सहकार्य कनेक्टिभिटीमा मात्र सीमित नभई विश्वसनीय ब्रान्ड तथा अत्यावश्यक सेवा प्रदायकसँगको साझेदारीमार्फत ग्राहकलाई सान्दर्भिक र अर्थपूर्ण सुविधा उपलब्ध गराउने कम्पनीको निरन्तर प्रयासको एक हिस्सा हो। यस्ता पहलमार्फत एनसेलले आफ्ना ग्राहकको दैनिक जीवनमा थप मूल्य सिर्जना गर्दै उनीहरूको हित तथा कल्याणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

प्रकाशित: २०८३ भदौ ९ गते मङ्गलबार ०५:२७
प्रतिक्रिया

थप समाचार

सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरु निगरानीमा, १० सदस्यीय समिति गठन

रुपन्देही: बाढीपछि उत्पन्न विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु-याउने गतिविधिविरुद्ध नेपाल प्रहरीले निगरानी बढाएको छ। नेपाल प्रहरीले सामाजिक...

स्मार्ट टेलिकमक प्रकरण: एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा...

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं। मोबाइल सेवाप्रदायक एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार...

नेपालमा विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओले दिए राजिनामा

काठमाडौँ: एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्। नियुक्ति लिएको १ वर्ष पनि नपुग्दै नेपालमा काम गर्न गाह्रो भएको र विदेशी लगानीको वातावरण नरहेको भन्दै उनले राजीनामा...

साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

काठमाडौं। व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधाहरू सार्वजनिक गरेको छ। कम्पनीले अकाउन्ट टेकओभर, फिसिङ र अन्य अनलाइन ठगीबाट जोगाउन थप बलियो सुरक्षा...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना