२०८३ मङ्सिर ६ गते आईतबार

बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले १६ वटा स्वास्थ्य सहकारीलाई निष्क्रिय घोषणा गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
1776221431_Sahakari 67-1200×560

ललितपुर। बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले आफ्नो नियमन क्षेत्रभित्र रहेका १६ वटा स्वास्थ्य सहकारी संस्थालाई निष्क्रिय सहकारी संस्थाको रूपमा घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ। वार्षिक साधारणसभाको विवरण नबुझाएको तथा लामो समयदेखि कोपोमिस (COPOMIS) प्रणालीमा विवरण अद्यावधिक नगरेको पाइएपछि कार्यालयले ती संस्थालाई कागजातसहित सम्पर्कमा आउन १५ दिनको समय दिएको हो।

प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, सानेपा, ललितपुरका अनुसार निष्क्रिय अवस्थामा रहेका सहकारी संस्थालाई सूचनाको मितिले पन्ध्र दिनभित्र कार्यालयमा आवश्यक कागजातसहित सम्पर्क गर्न अनुरोध गरिएको छ।

कार्यालयले समयसीमाभित्र सम्पर्क नगरेमा बागमती प्रदेश सहकारी ऐन, २०७६ तथा बागमती प्रदेश सहकारी नियमावली, २०७६ बमोजिम निष्क्रिय सहकारी संस्थाको रूपमा घोषणा गरी खारेजी प्रक्रिया अगाडि बढाइने जनाएको छ।

कार्यालयको प्रारम्भिक विवरणअनुसार केही सहकारी संस्थाले वर्षौंदेखि वार्षिक विवरण अद्यावधिक गरेका छैनन् भने केही संस्थाले हालसम्म कोपोमिस प्रणालीमा लगइनसमेत गरेका छैनन्। सूचीमा काठमाडौं, मकवानपुर, दोलखा, सिन्धुली र धादिङमा रहेका स्वास्थ्य सहकारी संस्थाहरू समावेश छन्।

निष्क्रिय घोषणा प्रक्रियाको चेतावनी पाएका संस्थाहरूमा गिरिजा प्रसाद कोइराला मेमोरियल स्वास्थ्य सेवा सहकारी संस्था, जिफण्ट स्वास्थ्य सहकारी संस्था, थाहा स्वास्थ्य सहकारी संस्था, दोलखा स्वास्थ्य व्यावसायिक सहकारी संस्था, मैत्रीबाल सामुदायिक स्वास्थ्य सहकारी संस्था, मितेरी स्वास्थ्य सहकारी संस्था, मिलिजुली स्वास्थ्य सहकारी संस्था, युनिटी स्वास्थ्य सहकारी संस्था, राष्ट्रिय सामुदायिक स्वास्थ्य सेवा सहकारी संस्था, श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था, श्री राजमार्ग सामुदायिक स्वास्थ्य सहकारी संस्था, स्वास्थ्यकर्मी बचत तथा ऋण सहकारी संस्था, सहयात्री स्वास्थ्य सेवा सहकारी संस्था, सामुदायिक अस्पताल स्वास्थ्य सहकारी संस्था, सामुदायिक स्वास्थ्य सहकारी संस्था र हाम्रो स्वास्थ्य सेवा सहकारी संस्था रहेका छन्।

कार्यालयले सम्बन्धित सहकारी संस्थाहरूलाई तोकिएको अवधिभित्र संस्थाको वर्तमान अवस्था र आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। अन्यथा कानुनबमोजिम निष्क्रिय घोषणा तथा खारेजीसम्बन्धी प्रक्रिया अगाडि बढ्ने कार्यालयले स्पष्ट पारेको छ।

यस कदमलाई सहकारी क्षेत्रको नियमितता, पारदर्शिता तथा प्रभावकारी नियमनका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

प्रकाशित: २०८३ भदौ १० गते बुधबार ०८:२०
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्लीस्थित...

एनसेल फाउन्डेसनद्वारा भोटेकोशी बाढी प्रभावित क्याम्पसको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग

काठमाडौं। एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ। गत भदौमा भोटेकोशी नदीमा आएको...

‘बैंक डुब्नुको प्रमुख कारण सञ्चालक समिति’

नियम मिचेर होइन, नियमको सम्मान गरेर व्यवसाय गर्नुपर्छ। जोखिम लुकाएर होइन, पहिचान गरेर व्यवस्थापन गर्नुपर्छ। निर्णयको अधिकार प्रयोग गर्दा त्यसको जिम्मेवारी पनि स्वीकार गर्नुपर्छ।

नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति

काठमाडौं। भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ। भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव...

३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना