२०८३ कार्तिक १७ गते सोमबार

साउदीको आणविक बजारमा अमेरिकी दाउ, चीन–रुससँग प्रतिस्पर्धा तीव्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
photo_cc520789

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले साउदी अरेबियासँगको नागरिक आणविक ऊर्जा सम्झौता कांग्रेसमा पेश गरेसँगै पश्चिम एसियाको ऊर्जा बजारमा अमेरिका, चीन र रुसबीचको प्रतिस्पर्धा थप तीव्र हुने संकेत देखिएको छ।

३० वर्षका लागि प्रस्तावित ‘१२३ सम्झौता’ लागू भए अमेरिकी कम्पनीहरूले साउदी अरेबियामा एपी–१००० प्रविधिमा आधारित आणविक रिएक्टर निर्माण तथा आणविक पूर्वाधार विकासमा प्रत्यक्ष सहभागिता पाउनेछन्। यसलाई अमेरिकी आणविक उद्योगका लागि ठूलो व्यावसायिक अवसरका रूपमा हेरिएको छ।

साउदी अरेबिया तेलमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने ‘भिजन २०३०’ रणनीतिअन्तर्गत वैकल्पिक ऊर्जा विस्तारमा जुटिरहेको छ। त्यही योजनाअन्तर्गत उसले ठूलो स्तरमा नागरिक आणविक ऊर्जा विकास गर्न खोजेको हो।

यस क्षेत्रमा चीन र रुस पहिलेदेखि सक्रिय छन्। रुसको रोसाटोम र चीनका सरकारी ऊर्जा कम्पनीहरूले विभिन्न देशमा आणविक परियोजना अघि बढाइरहेका बेला अमेरिका पनि साउदीको बजारमा आफ्नो प्रभाव विस्तार गर्न चाहेको विश्लेषकहरूको भनाइ छ।

यद्यपि, सम्झौता तत्काल लागू हुने छैन। अमेरिकी कांग्रेसले ९० दिनसम्म यसको समीक्षा गर्नेछ। त्यस अवधिमा सांसदहरूले अवरोध नगरे सम्झौता स्वतः कार्यान्वयनमा आउनेछ। तर सम्झौताको राजनीतिक पक्ष अझै जटिल छ।

ट्रम्प प्रशासनले यसलाई साउदी अरेबियाले इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने सर्तसँग जोडेको छ भने साउदीले स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापनातर्फ विश्वसनीय प्रक्रिया अघि नबढेसम्म इजरायललाई औपचारिक मान्यता नदिने आफ्नो अडान कायम राखेको छ। एएनआई

प्रकाशित: २०८३ भदौ १० गते बुधबार १०:५३
प्रतिक्रिया

थप समाचार

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरूमा सतर्कता

एजेन्सी: भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।  हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना