काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय समकक्षी नरेन्द्र मोदीले कुराकानी गरेका छन्।
बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत् मोदीले प्रधानमन्त्री शाहसँग संवाद गरेको र बाढीका कारण नेपालमा भएको धनजनको क्षतिप्रति समवेदना प्रकट गरेको जानकारी दिएका छन्।
उनले यस कठिन समयमा भारतका जनता नेपालका दिदीबहिनी र दाजुभाइहरूसँग ऐक्यबद्धतामा उभिएको बताएका छन्।
उनले सम्भव भएसम्म नेपाललाई सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको भएका छन्।
‘हाम्रा टोलीहरू उद्धार तथा राहत कार्यमा नजिकबाट समन्वय गरिरहेका छन्,’ उनले भनेका छन्।