ललितपुर– ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि महानगरले उक्त रकम बराबरको बजेट नगरसभामा प्रस्तुत गरेको हो।
उपप्रमुख मञ्जिला शाक्यले पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु खर्च २ अर्ब ४९ करोड ८४ लाख विनियोजन गरी बजेट प्रस्तुत गरेकी हुन्।
महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षण, उद्यान, वृक्षरोपण, स्ट्रिट लाइट, सार्वजनिक शौचालय, फुटपाथ व्यवस्थापनलगायतका विषयलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ।
स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको मूल्यांकन गर्दा असार १० बजेट पेस गरे/नगरेको विषयलाई पनि सूचकमा रूपमा समावेश गरेको छ।


