काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित नुवाकोटको विदुर पुगेका छन्। विदुर पुगेर उनी त्यहाँ घाइतेहरूसँग भेट गरिरहेका छन्।
उनी बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका थिए।प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्रीले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग तत्काल राहत, पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्ने जानकारी सचिवालयले दिएको छ।