२०८३ भदौ ३० गते मङ्गलबार

बाढीबाट मृत्यु भएका व्यक्तिको शवको उद्धार भन्दा गहना र सिलिण्डर प्यारो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
web-post-1_46fd98b2

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन। धेरै परिवारका सपना, आशा र आफ्ना मान्छे पनि बगाएर लग्यो। आँखैअगाडि आएको यो विपत्तिले फेरि एकपटक हामीलाई स्तब्ध बनाएको छ।

सम्भवतः २०७२ सालको महाभूकम्पपछि यति ठूलो जनधनको क्षतिको पीडा नेपाली समाजले फेरि एकपटक महसुस गर्नुपरेको छ। विपत्तिको यो घडीमा शब्दहरू कमजोर लाग्छन्, आँसु पनि कम लाग्छन्। तर, एउटा प्रश्न भने मनभित्र गहिरोसँग उठ्छ हामी बाँचेका मानिसको जिम्मेवारी के हो?

बाढीले बगाएर ल्याएका शव देख्दा जिउ नै सिरिङ्ग हुने अवस्था छ। तर त्यही त्रासदीको बीचमा कसैको शरीरमा भएको गहना निकाल्ने, बाढीले बगाएर ल्याएका ग्यासका सिलिण्डरलगायत सामान आफ्नो घरमा थुपार्ने मानिसका दृश्य पनि सामाजिक सञ्जालमा देखिए।

ती दृश्यले बाढीको पीडाभन्दा ठूलो अर्को पीडा जन्माइदियो। के विपत्तिको भेलसँगै हाम्रो मानवता पनि बग्न थालेको हो?

बाढीले शव र ग्यासका सिलिण्डर सँगसँगै बगाएर ल्यायो। तर, विडम्बना यस्तो देखियो ग्यासका सिलिण्डर तान्न हातहरू अघि बढे, तर बाढीले बगाएर ल्याएको मान्छेको शवलाई बग्न दिइयो, उद्धार गरिएन्।

तर, सिंगो समाजलाई एउटै तराजुमा राखेर दोष दिनु पनि उचित हुँदैन। विपत्तिमा आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा खटिनेहरू पनि छन्। अपरिचितको आँसु पुछ्न आफ्नो गाँस काट्नेहरू पनि छन्।

रातदिन नभनी राहत बोकेर पुग्नेहरू पनि छन्। त्यसैले प्रश्न मानवता हरायो कि हराएन भन्ने मात्र होइन, हाम्रो वरिपरि मानवता बाँचेको छ भने त्यसलाई अझ बलियो बनाउने जिम्मेवारी कसको हो?

सरकारले उद्धार, राहत र पुनःस्थापनाको नेतृत्व गर्नुपर्छ। तर, विपद् केवल सरकारको परीक्षा होइन, समाजको पनि परीक्षा हो। उद्धारका लागि राज्यका संयन्त्र पुग्न समय लाग्न सक्छ। त्यतिबेलासम्म छिमेकीको हात, स्थानीय युवाको साहस, स्वयंसेवकको सक्रियता र आम नागरिकको संवेदना नै कसैका लागि जीवनको सहारा बन्न सक्छ।

तर, हामीमध्ये धेरैको ध्यान भने कहिलेकाहीँ उद्धारभन्दा मोबाइलको क्यामेरातिर जान्छ। कसैको दुःखलाई दृश्य बनाउने, घटनास्थलको भयावहता खिच्ने, अपुष्ट सूचना फैलाउने र भ्यूज तथा भाइरल हुने दौडमा लाग्ने प्रवृत्तिले पीडितको पीडामाथि अर्को पीडा थप्न सक्छ।

याद गरौँ विपत्तिमा एउटा गलत सूचना पनि कसैको परिवारका लागि ठूलो मानसिक आघात बन्न सक्छ। बाढीमा आफन्त हराएको खबर सुनेर छटपटाइरहेको परिवारले सामाजिक सञ्जालमा फैलिएको अपुष्ट मृत्युको खबर देख्दा उसको पीडा कति गहिरो हुन्छ होला? त्यसैले विपद्को बेला हरेक शब्द जिम्मेवार हुनुपर्छ, हरेक सूचना सत्यापित हुनुपर्छ र हरेक दृश्य सार्वजनिक गर्नुअघि मानवीय संवेदनालाई सम्झनुपर्छ।

विपत्तिमा रमिता हेर्ने समय होइन, भ्यूज कमाउने समय होइन। अरूको दुःखलाई सामग्री बनाउने समय होइन। यो त मानिस भएर मानिसको साथमा उभिने समय हो।

हामी भाग्यमानी छौँ, हामी बाँचेका छौँ। हाम्रा आफन्त सुरक्षित छन् भने त्यो हाम्रो मात्र सौभाग्य होइन, एउटा ठूलो जिम्मेवारी पनि हो। आज सुरक्षित रहेको हाम्रो घर भोलि अरू कसैको आश्रय बन्न सक्छ। आज हाम्रो हातमा भएको एउटा कम्बल, एक बोरा चामल, एक बोतल पानी, एउटा औषधि वा केही घण्टाको श्रम कसैका लागि जीवनको ठूलो सहारा बन्न सक्छ।

त्यसैले आफूलाई एउटा प्रश्न गरौँ , ‘मैले यो विपत्तिमा के गर्न सक्छु?’ सायद हामी सबै उद्धारकर्मी बन्न सक्दैनौँ। सबैले घटनास्थल पुग्न सक्दैनौँ। तर, राहतमा सहयोग गर्न सक्छौँ। सही सूचना फैलाउन सक्छौँ। गलत सूचना रोक्न सक्छौँ। पीडितको सम्मान गर्न सक्छौँ। उद्धारमा खटिएकाहरूलाई सहयोग गर्न सक्छौँ र कम्तीमा पनि अरूको दुःखलाई तमासा नबनाउने निर्णय गर्न सक्छौँ।

संकटले घर र सडक मात्र भत्काउँदैन, यसले समाजको चरित्र पनि देखाउँछ। विपत्तिले हामीभित्रको लोभ र संवेदनशीलता, स्वार्थ र सामूहिकता, मौनता र साहस सबैलाई उजागर गरिदिन्छ। आज भोटेकोशी, रसुवा, धादिङ, नुवाकोटलगायतका विपद् क्षेत्रका पीडितहरूलाई हाम्रो साथ चाहिएको छ। उनीहरूलाई केवल राहत सामग्री होइन, मान्छेहरू अझै मान्छे नै छन् भन्ने विश्वास चाहिएको छ।

हामी जो संयोगले जीवित छौँ, जसका घरमा आज चुलो बलिरहेको छ, जसका प्रियजनहरू सुरक्षित छन् हाम्रो जिम्मेवारी अरूभन्दा अझ ठूलो छ। आउनुस्, विपत्तिको यो कठिन घडीमा नेपालीपनको अर्थ फेरि प्रमाणित गरौँ।

दुःखमा रमिता होइन, साथ दिऔँ। भ्यूज होइन, जीवन रोजौँ। अफवाह होइन, सत्य बोलौँ्। स्वार्थ होइन, मानवता रोजौँ। किनकि विपत्तिबाट को बाँच्छ भन्ने कुरा सधैँ हाम्रो हातमा हुँदैन। तर, बाँचेकाहरूले बाँचेको जीवन कसरी प्रयोग गर्छन् त्यो भने हाम्रो हातमा अवश्य हुन्छ।

विपत्ति आउँदा हामी कति सुरक्षित छौँ भन्ने मात्र होइन, हामी कति मानवीय छौँ भन्ने पनि परीक्षा हुन्छ। आज अरूको दुःखमा उभिने हाम्रो पालो हो, भोलि त्यही हात हाम्रो सहारा बन्न सक्छ। त्यसैले विपत्तिमा मानवता जोगाऔँ।

प्रकाशित: २०८३ भदौ ११ गते बिहिबार ०८:३९
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना