२०८३ कार्तिक १६ गते आईतबार

बाढीबाट मृत्यु भएका व्यक्तिको शवको उद्धार भन्दा गहना र सिलिण्डर प्यारो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
web-post-1_46fd98b2

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन। धेरै परिवारका सपना, आशा र आफ्ना मान्छे पनि बगाएर लग्यो। आँखैअगाडि आएको यो विपत्तिले फेरि एकपटक हामीलाई स्तब्ध बनाएको छ।

सम्भवतः २०७२ सालको महाभूकम्पपछि यति ठूलो जनधनको क्षतिको पीडा नेपाली समाजले फेरि एकपटक महसुस गर्नुपरेको छ। विपत्तिको यो घडीमा शब्दहरू कमजोर लाग्छन्, आँसु पनि कम लाग्छन्। तर, एउटा प्रश्न भने मनभित्र गहिरोसँग उठ्छ हामी बाँचेका मानिसको जिम्मेवारी के हो?

बाढीले बगाएर ल्याएका शव देख्दा जिउ नै सिरिङ्ग हुने अवस्था छ। तर त्यही त्रासदीको बीचमा कसैको शरीरमा भएको गहना निकाल्ने, बाढीले बगाएर ल्याएका ग्यासका सिलिण्डरलगायत सामान आफ्नो घरमा थुपार्ने मानिसका दृश्य पनि सामाजिक सञ्जालमा देखिए।

ती दृश्यले बाढीको पीडाभन्दा ठूलो अर्को पीडा जन्माइदियो। के विपत्तिको भेलसँगै हाम्रो मानवता पनि बग्न थालेको हो?

बाढीले शव र ग्यासका सिलिण्डर सँगसँगै बगाएर ल्यायो। तर, विडम्बना यस्तो देखियो ग्यासका सिलिण्डर तान्न हातहरू अघि बढे, तर बाढीले बगाएर ल्याएको मान्छेको शवलाई बग्न दिइयो, उद्धार गरिएन्।

तर, सिंगो समाजलाई एउटै तराजुमा राखेर दोष दिनु पनि उचित हुँदैन। विपत्तिमा आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा खटिनेहरू पनि छन्। अपरिचितको आँसु पुछ्न आफ्नो गाँस काट्नेहरू पनि छन्।

रातदिन नभनी राहत बोकेर पुग्नेहरू पनि छन्। त्यसैले प्रश्न मानवता हरायो कि हराएन भन्ने मात्र होइन, हाम्रो वरिपरि मानवता बाँचेको छ भने त्यसलाई अझ बलियो बनाउने जिम्मेवारी कसको हो?

सरकारले उद्धार, राहत र पुनःस्थापनाको नेतृत्व गर्नुपर्छ। तर, विपद् केवल सरकारको परीक्षा होइन, समाजको पनि परीक्षा हो। उद्धारका लागि राज्यका संयन्त्र पुग्न समय लाग्न सक्छ। त्यतिबेलासम्म छिमेकीको हात, स्थानीय युवाको साहस, स्वयंसेवकको सक्रियता र आम नागरिकको संवेदना नै कसैका लागि जीवनको सहारा बन्न सक्छ।

तर, हामीमध्ये धेरैको ध्यान भने कहिलेकाहीँ उद्धारभन्दा मोबाइलको क्यामेरातिर जान्छ। कसैको दुःखलाई दृश्य बनाउने, घटनास्थलको भयावहता खिच्ने, अपुष्ट सूचना फैलाउने र भ्यूज तथा भाइरल हुने दौडमा लाग्ने प्रवृत्तिले पीडितको पीडामाथि अर्को पीडा थप्न सक्छ।

याद गरौँ विपत्तिमा एउटा गलत सूचना पनि कसैको परिवारका लागि ठूलो मानसिक आघात बन्न सक्छ। बाढीमा आफन्त हराएको खबर सुनेर छटपटाइरहेको परिवारले सामाजिक सञ्जालमा फैलिएको अपुष्ट मृत्युको खबर देख्दा उसको पीडा कति गहिरो हुन्छ होला? त्यसैले विपद्को बेला हरेक शब्द जिम्मेवार हुनुपर्छ, हरेक सूचना सत्यापित हुनुपर्छ र हरेक दृश्य सार्वजनिक गर्नुअघि मानवीय संवेदनालाई सम्झनुपर्छ।

विपत्तिमा रमिता हेर्ने समय होइन, भ्यूज कमाउने समय होइन। अरूको दुःखलाई सामग्री बनाउने समय होइन। यो त मानिस भएर मानिसको साथमा उभिने समय हो।

हामी भाग्यमानी छौँ, हामी बाँचेका छौँ। हाम्रा आफन्त सुरक्षित छन् भने त्यो हाम्रो मात्र सौभाग्य होइन, एउटा ठूलो जिम्मेवारी पनि हो। आज सुरक्षित रहेको हाम्रो घर भोलि अरू कसैको आश्रय बन्न सक्छ। आज हाम्रो हातमा भएको एउटा कम्बल, एक बोरा चामल, एक बोतल पानी, एउटा औषधि वा केही घण्टाको श्रम कसैका लागि जीवनको ठूलो सहारा बन्न सक्छ।

त्यसैले आफूलाई एउटा प्रश्न गरौँ , ‘मैले यो विपत्तिमा के गर्न सक्छु?’ सायद हामी सबै उद्धारकर्मी बन्न सक्दैनौँ। सबैले घटनास्थल पुग्न सक्दैनौँ। तर, राहतमा सहयोग गर्न सक्छौँ। सही सूचना फैलाउन सक्छौँ। गलत सूचना रोक्न सक्छौँ। पीडितको सम्मान गर्न सक्छौँ। उद्धारमा खटिएकाहरूलाई सहयोग गर्न सक्छौँ र कम्तीमा पनि अरूको दुःखलाई तमासा नबनाउने निर्णय गर्न सक्छौँ।

संकटले घर र सडक मात्र भत्काउँदैन, यसले समाजको चरित्र पनि देखाउँछ। विपत्तिले हामीभित्रको लोभ र संवेदनशीलता, स्वार्थ र सामूहिकता, मौनता र साहस सबैलाई उजागर गरिदिन्छ। आज भोटेकोशी, रसुवा, धादिङ, नुवाकोटलगायतका विपद् क्षेत्रका पीडितहरूलाई हाम्रो साथ चाहिएको छ। उनीहरूलाई केवल राहत सामग्री होइन, मान्छेहरू अझै मान्छे नै छन् भन्ने विश्वास चाहिएको छ।

हामी जो संयोगले जीवित छौँ, जसका घरमा आज चुलो बलिरहेको छ, जसका प्रियजनहरू सुरक्षित छन् हाम्रो जिम्मेवारी अरूभन्दा अझ ठूलो छ। आउनुस्, विपत्तिको यो कठिन घडीमा नेपालीपनको अर्थ फेरि प्रमाणित गरौँ।

दुःखमा रमिता होइन, साथ दिऔँ। भ्यूज होइन, जीवन रोजौँ। अफवाह होइन, सत्य बोलौँ्। स्वार्थ होइन, मानवता रोजौँ। किनकि विपत्तिबाट को बाँच्छ भन्ने कुरा सधैँ हाम्रो हातमा हुँदैन। तर, बाँचेकाहरूले बाँचेको जीवन कसरी प्रयोग गर्छन् त्यो भने हाम्रो हातमा अवश्य हुन्छ।

विपत्ति आउँदा हामी कति सुरक्षित छौँ भन्ने मात्र होइन, हामी कति मानवीय छौँ भन्ने पनि परीक्षा हुन्छ। आज अरूको दुःखमा उभिने हाम्रो पालो हो, भोलि त्यही हात हाम्रो सहारा बन्न सक्छ। त्यसैले विपत्तिमा मानवता जोगाऔँ।

प्रकाशित: २०८३ भदौ ११ गते बिहिबार ०८:३९
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना