२०८३ भदौ ३० गते मङ्गलबार

ट्रम्पले भने– ‘नेपालले जे माग्छ, हामी त्यो दिन तयार छौँ’, तत्काल ५ लाख डलर आपतकालिन सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १२
trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा हालै आएको विनासकारी बाढी र पहिरोप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धारमा सहयोग गर्ने घोषणा गरेका छन्। बिहीबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताए।

नेपालमा बाढीले पुर्‍याएको क्षतिको वर्णन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘नेपालको स्थिति निकै भयावह छ। त्यहाँ केवल पानी मात्र नभएर माटो र ढुङ्गासहितको यस्तो शक्तिशाली बहाव आयो जसले बलिया भवनहरूलाई पनि सलाईको काँटी झैं बगायो। हामीले नेपाल सरकारसँग कुरा गरेका छौँ र उनीहरूलाई जे चाहिन्छ, त्यो दिन हामी तयार छौँ।’

राष्ट्रपति ट्रम्पले नेपालमा रहेका दर्जनौँ अमेरिकी नागरिकहरू अझै सम्पर्कविहीन रहेकोमा चिन्ता व्यक्त गरे। अमेरिकी विदेश मन्त्रालयले करिब ९० जना अमेरिकी नागरिकहरू बाढी प्रभावित क्षेत्रमा हुनसक्ने बताएको छ। ट्रम्पले भने, ‘हामी उहाँहरूको अवस्था बुझ्दैछौँ। केही मानिसहरूले ज्यान गुमाएको हुनसक्ने देखिएको छ, जुन निकै दुःखद छ।’

यसैबीच, अमेरिकी विदेश मन्त्रालयले नेपालको रसुवा जिल्ला र आसपासका बाढी प्रभावितका लागि ५ लाख डलर (करिब ६ करोड ७० लाख रुपैयाँ भन्दा बढी) को आपत्कालीन मानवीय सहायता घोषणा गरेको छ। यो रकम ‘क्याथोलिक रिलिफ सर्भिसेज’ मार्फत पीडितहरूका लागि अस्थायी आवास, राहत सामग्री, खानेपानी र सरसफाइका क्षेत्रमा खर्च गरिनेछ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। बाढीका कारण हालसम्म कम्तीमा १४७ जनाको मृत्यु भइसकेको छ। रुबियोले नेपाल सरकारलाई आवश्यक सबै प्रकारका सहयोग गर्न अमेरिका तयार रहेको बताए।

काठमाडौँस्थित अमेरिकी दूतावासले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ लगायतका प्रभावित जिल्लाहरूमा रहेका आफ्ना नागरिकहरूको खोजी कार्य जारी राखेको छ। दूतावासले सहयोग आवश्यक पर्ने अमेरिकी नागरिकहरूलाई KathmanduACS@state.gov मा इमेल गर्न वा दूतावासको हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित: २०८३ भदौ १२ गते शुक्रबार ११:०९
प्रतिक्रिया

थप समाचार

२०२८ को राष्ट्रपतिमा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको बताएका छन्। आयरल्यान्डको श्याननमा...

ब्रिक्स शिखर सम्मेलनः ‘नयाँ दिल्ली घोषणा २०२६’ पारित

एजेन्सी। ब्रिक्स समूहको १८औँ शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ। ‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’भन्ने मुलधेयका साथ सुरु भएको सम्मेलन...

विश्वको ३९ प्रतिशत अर्थतन्त्र बोकेको ब्रिक्सले अमेरिकाको अर्थ व्यवस्थालाई हल्लाउन सक्ला?

ब्रिक्समा विश्वको जनसंख्याको लगभग ४९ प्रतिशत विश्वव्यापी कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ३९ प्रतिशत र अन्तर्राष्ट्रिय व्यापारको २३ प्रतिशत हिस्सा रहेको छ। यसको सदस्यता अब प्रमुख एसियाली...

ब्रिक्स शिखर सम्मेलनमा २०३० रणनीतिः व्यापार र लगानीको लागि दीर्घकालीन ‘रोडम्याप’

ब्रिक्सले व्यापार, लगानी, डिजिटल अर्थतन्त्र, आपूर्ति श्रृङखला, वित्त र दिगो विकासमा सहयोगको लागि दीर्घकालीन रोडम्याप दिने अपेक्षा गरिएको छ।अमेरिकी भन्सार शुल्क कार्य र भूराजनीतिक तनावले विश्वव्यापी...

कच्चा तेलको भाउ बढेर ब्यारेलको १०७ डलर माथि, थप मूल्य वृद्धिको सम्भावना

ब्रेन्ट क्रूडमा कच्चा प्रति ब्यारेल १०७.५ डलर पुगेको छ।वेस्ट टेक्सास इन्टरमिडिएट(डब्ल्युटी) मा ब्यारेलको १०२.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ। मुर्बान क्रुडमा ब्यारेलको १२२.५ डलर पुगेको...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना