काठमाडौँ: नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
आइतबार बसेको बैठकले प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
पार्टीका तहगत कार्य समिति, जनसम्पर्क समिति, भातृ संघ एवं सुभेक्छुक संस्था र पार्टीका सदस्यहरूले पार्टीको विपद कोषमा सहयोग रकम जम्मा गर्न पन आग्रह गरिएको उनले बताए। यसरी जम्मा भएको रकमसहित पार्टीको तर्फबाट एकमुष्ट रुपमा रु. १ करोड प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गरिने उनको भनाइ छ।