काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मान्छेहरू फसेको अनुमान गरिएकोमा सुरुङभित्र मान्छेहरू नभेटिएपछि उद्धार टोली फर्किएको छ।
प्रधानमन्त्री कार्यालयले रसुवागढी सुरुङको अन्तिमसम्म खोज्दा मान्छे नभेटिएको जनाएको छ।
प्रधानमन्त्री कार्यालयले उद्धार टोलीको भिडियो राख्दै सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको जानकारी दिएको छ।
‘सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।