काठमाडौँ: भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीका कारण निम्तिएको संकट समाधान र व्यवस्थापनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्दैछन्।
प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा घाइतेहरूको व्यवस्थापनका मामिलामा विस्तृत ब्रिफिङ लिएका छन्।
रक्षामन्त्री समेत रहेका उनले सिग्देलसँगको भेटमा उद्धारका सबै बाँकी कामहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए।
प्रधानमन्त्रीले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने कार्यक्रम रहेको छ उनको सचिवालयले जनाएको छ।