२०८३ कार्तिक १६ गते आईतबार

लियोनेल मेस्सीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १५
messi

काठमाडौं। विश्वका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। अर्जेन्टिनालाई फिफा विश्वकप र दुई कोपा अमेरिका उपाधि दिलाएका ३९ वर्षीय मेसीले आफ्नो राष्ट्रिय टोलीसँगको यात्रा समाप्त भएको बताएका हुन्।

मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदा हुने घोषणा सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका हुन्। उनको यो निर्णयसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेस्सी युगको औपचारिक अन्त्य भएको छ।

दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनमा मेस्सी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले राष्ट्रिय टोलीबाट २१० खेलमा १२५ गोल गर्दै अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका तथा फिनालिसिमा उपाधि दिलाएका थिए। २०२६ को विश्वकपमा भने अर्जेन्टिना स्पेनसँग फाइनलमा पराजित भएको थियो।

आठ पटकका बालोन डी’ओर विजेता मेस्सीले अर्जेन्टिनाबाट आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेसँगै विश्व फुटबलको एउटा ऐतिहासिक अध्याय समाप्त भएको छ। उनी हाल अमेरिकन क्लब इन्टर मियामीबाट क्लब फुटबल खेलिरहेका छन्।

उनको सन्याससँगै अर्जेन्टिनाले आफ्नो स्वर्णिम पुस्ताका अन्तिम महान् कप्तानलाई बिदाइ गरेको छ। सन् २०१६ मा कोपा अमेरिका कपमा चिलीसँग पराजित भएपछि विश्व खेलबाट सन्यास घोषणा गरेका थिए। व्यापक दबाबपछि उनले सन्यास फिर्ता लिएका थिए।

इन्स्टाग्राममा लामो सन्देश लेख्दै मेसीले यो निर्णय आफ्नो आत्माका लागि सबैभन्दा पीडादायी भए पनि यही सही समय भएको उल्लेख गरेका छन्।

‘फाइनलपछि धेरै समय सोचें, अब राष्ट्रिय टोलीबाट सन्यास लिने निर्णय गरेको छु। यो निर्णयले मेरो मन दुखाएको छ र अझै पनि दुखाइरहेको छ, तर म बुझ्छु—यही समय हो’ उनले लेखेका छन्।

मेसीले आफूले अर्जेन्टिनाको जर्सीका लागि सधैं आफ्नो सम्पूर्ण शक्ति दिएको र समर्थकलाई गर्व गराउने प्रयास कहिल्यै नछोडेको बताएका छन्।

‘मैले सधैं सबैथोक दिएँ। पछिल्ला सफल वर्षहरूमा मात्र होइन, सुरुदेखि नै यो जर्सीका लागि लडें। अब मसँग दिन बाँकी केही छैन। नयाँ पुस्ताका उत्कृष्ट खेलाडीहरू आउँदैछन्, उनीहरू नै यो स्थानका हकदार हुन्’ उनले भनेका छन्।

दुई दशक लामो अन्तर्राष्ट्रिय यात्रालाई सम्झँदै उनले राष्ट्रिय टोलीप्रतिको आफ्नो प्रेम कहिल्यै समाप्त नहुने बताएका छन्।

‘म राष्ट्रिय टोलीलाई माया गर्थें, गर्छु र सधैं गर्नेछु। अब म मैदानभित्र होइन, बाहिरबाट तपाईंहरूसँगै अर्जेन्टिनालाई समर्थन गर्नेछु।’

उनले आफ्नो परिवार, प्रशिक्षक, टोलीका सहकर्मी र सम्पूर्ण समर्थकप्रति आभार व्यक्त गर्दै विश्वकप जितेको क्षणलाई जीवनकै सबैभन्दा अविस्मरणीय सम्झना बताएका छन्।

सन्देशको अन्त्यमा मेसीले लेखेका छन्— ‘भगवान, मलाई अर्जेन्टिनी बनाइदिनुभएकोमा धन्यवाद। अर्जेन्टिना, सधैं अगाडि बढोस।’

३९ वर्षीय मेस्सीले लेखेका छन्, “यो यस्तो निर्णय थियो, जसले मलाई निकै दुखायो र अझै पनि भित्रसम्म दुखिरहेको छ। तर अब समय आएको छ भन्ने मैले बुझेको छु।”

 

प्रकाशित: २०८३ भदौ १५ गते सोमबार ०९:५३
प्रतिक्रिया

थप समाचार

जनकपुरविरुद्ध बलिङमा पोखरा

राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले जनकपुर बोल्ट्स...

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना