२०८३ भदौ ३० गते मङ्गलबार

लियोनेल मेस्सीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १५
messi

काठमाडौं। विश्वका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। अर्जेन्टिनालाई फिफा विश्वकप र दुई कोपा अमेरिका उपाधि दिलाएका ३९ वर्षीय मेसीले आफ्नो राष्ट्रिय टोलीसँगको यात्रा समाप्त भएको बताएका हुन्।

मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदा हुने घोषणा सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका हुन्। उनको यो निर्णयसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेस्सी युगको औपचारिक अन्त्य भएको छ।

दुई दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनमा मेस्सी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले राष्ट्रिय टोलीबाट २१० खेलमा १२५ गोल गर्दै अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका तथा फिनालिसिमा उपाधि दिलाएका थिए। २०२६ को विश्वकपमा भने अर्जेन्टिना स्पेनसँग फाइनलमा पराजित भएको थियो।

आठ पटकका बालोन डी’ओर विजेता मेस्सीले अर्जेन्टिनाबाट आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेसँगै विश्व फुटबलको एउटा ऐतिहासिक अध्याय समाप्त भएको छ। उनी हाल अमेरिकन क्लब इन्टर मियामीबाट क्लब फुटबल खेलिरहेका छन्।

उनको सन्याससँगै अर्जेन्टिनाले आफ्नो स्वर्णिम पुस्ताका अन्तिम महान् कप्तानलाई बिदाइ गरेको छ। सन् २०१६ मा कोपा अमेरिका कपमा चिलीसँग पराजित भएपछि विश्व खेलबाट सन्यास घोषणा गरेका थिए। व्यापक दबाबपछि उनले सन्यास फिर्ता लिएका थिए।

इन्स्टाग्राममा लामो सन्देश लेख्दै मेसीले यो निर्णय आफ्नो आत्माका लागि सबैभन्दा पीडादायी भए पनि यही सही समय भएको उल्लेख गरेका छन्।

‘फाइनलपछि धेरै समय सोचें, अब राष्ट्रिय टोलीबाट सन्यास लिने निर्णय गरेको छु। यो निर्णयले मेरो मन दुखाएको छ र अझै पनि दुखाइरहेको छ, तर म बुझ्छु—यही समय हो’ उनले लेखेका छन्।

मेसीले आफूले अर्जेन्टिनाको जर्सीका लागि सधैं आफ्नो सम्पूर्ण शक्ति दिएको र समर्थकलाई गर्व गराउने प्रयास कहिल्यै नछोडेको बताएका छन्।

‘मैले सधैं सबैथोक दिएँ। पछिल्ला सफल वर्षहरूमा मात्र होइन, सुरुदेखि नै यो जर्सीका लागि लडें। अब मसँग दिन बाँकी केही छैन। नयाँ पुस्ताका उत्कृष्ट खेलाडीहरू आउँदैछन्, उनीहरू नै यो स्थानका हकदार हुन्’ उनले भनेका छन्।

दुई दशक लामो अन्तर्राष्ट्रिय यात्रालाई सम्झँदै उनले राष्ट्रिय टोलीप्रतिको आफ्नो प्रेम कहिल्यै समाप्त नहुने बताएका छन्।

‘म राष्ट्रिय टोलीलाई माया गर्थें, गर्छु र सधैं गर्नेछु। अब म मैदानभित्र होइन, बाहिरबाट तपाईंहरूसँगै अर्जेन्टिनालाई समर्थन गर्नेछु।’

उनले आफ्नो परिवार, प्रशिक्षक, टोलीका सहकर्मी र सम्पूर्ण समर्थकप्रति आभार व्यक्त गर्दै विश्वकप जितेको क्षणलाई जीवनकै सबैभन्दा अविस्मरणीय सम्झना बताएका छन्।

सन्देशको अन्त्यमा मेसीले लेखेका छन्— ‘भगवान, मलाई अर्जेन्टिनी बनाइदिनुभएकोमा धन्यवाद। अर्जेन्टिना, सधैं अगाडि बढोस।’

३९ वर्षीय मेस्सीले लेखेका छन्, “यो यस्तो निर्णय थियो, जसले मलाई निकै दुखायो र अझै पनि भित्रसम्म दुखिरहेको छ। तर अब समय आएको छ भन्ने मैले बुझेको छु।”

 

प्रकाशित: २०८३ भदौ १५ गते सोमबार ०९:५३
प्रतिक्रिया

थप समाचार

यूएईलाई हराउँदै नेपाल बन्यो एसीसी प्रिमियर कप च्याम्पियन

काठमाडौं। एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा युएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। नेपालको यो दोस्रो उपाधि हो। यसअघि नेपालले...

विश्वकपमा ऐतिहासिक कीर्तिमानपछि एमबाप्पेको ब्यालोन डी’ओर सम्भावना बलियो

काठमाडौँ: फ्रान्सका कप्तान तथा रियल म्याड्रिडका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शनले आफूलाई ब्यालोन डी’ओरको बलियो दाबेदार बनाएको बताएका छन्। उनले रियल...

नेपाल भलिबल लिगको पहिलो संस्करण सुरु

काठमाडौँ: पुरुष भलिबलको बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु भएको छ। नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने...

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौँ: नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरेको छ। क्यानका सचिव पारस खड्काले शनिबार...

थन्डरबोल्ट्स कप पौडीमा जेम्सका कल्किन उत्कृष्ट

काठमाडौँः जेम्स स्कुल, धापाखेलको आयोजनामा सञ्चालित दुईदिने थन्डरबोल्ट्स कप पौडी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ८१ विद्यालयका ३४५ खेलाडीले सहभागिता जनाएका थिए। उनीहरूले विभिन्न...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना