२०८३ कार्तिक १३ गते बिहिबार

सडक कोतरिँदा मासिए सम्पदा

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार ११
barpipal(1)

बागलुङ–बागलुङको बांगेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ। सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन्। बागलुङ नगरपालिका–१ रामरेखाको बांगेचौर नजिकै रहेकोे १५० वर्ष पुरानो चौतारीसँगैको वरपीपल यसै साता सडक विस्तारका क्रममा ढलाइएको छ। उक्त चौतारी यस क्षेत्रको पुरानो चौतारी थियो।

१५० वर्षअघि जिजुहजुरबुबाले चौतारा निर्माण गरी वरपीपल लगाएको स्थानीय ८७ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गरे। उनले पुरानो पुर्खालको सम्झाना सडक विस्तारका क्रममा ढलेको गुनासो गरे। अहिले रामरेखामा मात्रै नभई नयाँ सडक खन्ने र विस्तार गर्ने नाममा पुर्खाको सम्पत्तिका रुपमा रहेका चौतारी र वरपीपल मासिने अवस्थामा पुगेको आचार्यको भनाइ थियो।

‘राजमार्गमा परको चौतारी जोगाउन सकिएन, पुर्खाको सम्पत्ति मासियो, हाम्रो मात्रै होइन धेरै स्थानका चौतारी मासिएका छन्, वरपीपल ढलेका देखिन्छन्, वातावरणलाई समेत यसले नकरात्मक असर पारिरहेको छ’, उनले भए।

आचार्यले स्थानीय सरकारले वरपिपल र चौतारी संरक्षण अभियान ल्याउनुपर्ने बताए। ‘अहिले गाउँ–गाउँका सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरी मासेर यातयातका साधन पार्किङ गर्ने स्थान बनाइएको छ’, आचार्यले भने, ‘ग्रामीण क्षेत्रमा सडक पु¥याउने नाममा चौतारी र पोखरी मासिन थालेपछि वातावरणलाई समेत नकरात्मक असर परेको छ।’

ठूला वरपीपलका रुख र चौतारीसँगै रहेका पोखरी मासिँदा अहिले पानीका मूल सुक्दै जानुका साथै गर्मीसमेत बढ्दै गएको उनको भनाइ थियो। आचार्यले सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरीमा डोजर चलाइएको बताउँदै २०५० को तुलनामा जिल्लामा सडक सञ्जाल विस्तार भए पनि पुराना सम्पदा बोकेका वरपीपल मासिने क्रम बढेको दाबी गरे।

गत वर्ष बागलुङ नगरपालिका–३ सिम्लेमा बागलुङ बजारदेखि सिगाना पु¥याउने सडक विस्तारका क्रममा ठूलो पीपलको रुख ढलाइएको थियो। अहिले चौतारी र ठूलाठूला वरपिपलका रुख देख्नै मुस्किल भएको स्थानीय बताउँछन्।

स्थानीय चूडामणि पुन मगरले बागलुङ बजारभित्र रहेका कयौँ चौतारा र पोखरी मासिएको मात्र नभई सार्वजनिक जग्गा मिचेर व्यक्तिका घर ठडिरहेको गुनासो गरे। ‘अहिले गाउँ–गाउँका वरपीपल त सडक विस्तारका क्रममा मासिएका छन्। वातावरणीय प्रभावलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका वरपीपलका रुख क्रमशः हराउँदै गएका छन्’, उनले भने।

पुन मगरका अनुसार सडक विस्तारका नाममा वरपिपल भएका स्थानमा सवारी गुडेका छन्। उनले भने, ‘सर्वजनिक स्थान रहेका रुख सडक विस्तारका क्रममा मासिएका छन्, कतिपयले सार्वजनिक जग्गालाई निजीकरणसमेत गरेका छन्।’ यहाँका स्थानीय तह तथा वडा कार्यालयले आफ्नो क्षेत्रमा भएको सार्वजनिक जग्गा, चौतारी, पोखरी र वरपीपलजस्ता सम्पदाको तथ्यांक संकलन नगरेको मगरले गुनासो गर्नुभयो।

पुर्खाको पौरख र पसिना जोडिएका विषयलाई संरक्षण नगरेर मास्ने कामलाई कदापि स्वीकार गर्न नसकिने वातावरण तथा फोटो पत्रकार आरके अदीप्त गिरीले बताए। ‘सहर र गाउँलाई सुन्दर बनाउने भन्दै मौलिकता र संस्कृति मास्नुहुँदैन। बिसौनीका रुपमा रहेका चौतारी र छाहरी मास्नु भनेको प्रकृतिमाथि अत्याचार हो’, उनले भने, ‘पुराना सम्पदा र सभ्यताका सूचक चौतारी र वरपीपलको संरक्षण गर्नु सबैको कर्तव्य हो।’

पुराना सम्पदा मासेर गन्तव्यमा पुग्न नसकिने भन्दै विकासका नाममा मौलिकता बिर्सिन नहुनेमा गिरीले जोड दिए। सडक निर्माण र विस्तारका क्रममा चौतारी र वरपिपल जोगाउन स्थानीयले खबरदारी गर्न आवश्यक रहेको उनको भनाइ थियो। गिरीले वातावरण खलबल्याउने विकासले मानवीय सभ्यता नै जोखिममा पारेको बताउँदै सभ्यता, सम्पदा र प्रकृतिलाई जोगाएर मात्रै विकास गर्न आवश्यक रहेको बताए।

प्रकाशित: २०८० असार ११ गते सोमबार ०८:४५
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना