२०८३ भदौ ३० गते मङ्गलबार

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
apple

रोल परी सोह्र घर छ्या, त्यई परी घर छैन
आलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन…

बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो। १६ वर्षको मेहेनत बगैँचामा फल बनेर झुल्दा पनि बेचैन छ उनको मन।

रूखका हाँगा स्याउले झुकेका छन्। हाँगामा मात्रै नभई बोट नै अडेस लागेको छ। बगैँचा राताम्य छन्। बगैँचा हेरेर उत्सव मनाउनुपर्ने परिवार ‘स्याउ कहाँ बेच्ने ?’ चिन्तामै रुमल्लिएको छ।

खप्तडछान्ना गाउँपालिका–६ राजकोट स्थायी घर भएका थापा परिवारले वर्षौँको मेहनतपछि बगैँचामा फल देखेका थिए। केही वर्षयता नियमित देख्न पाइएको छ। ‘दिउँसोको उज्यालोमा झुलेको फल देख्न श्रीमान् वीरजनसहित छोराछोरीले हरेक दिन पालो लगाएर निन्द्रा कटाएका छौँ,’ उनले भनिन्।

भरूनीका अनुसार बाँदर, भालु, ओध, अरिङ्गाल, बँदेल र चराचुरूङ्गीबाट स्याउ जोगाउनुपर्छ। ‘वन्यजन्तुले आँखा झिमिक्क, माल गायब भनेजस्तै पारिदिन्छन्। त्यसैले चौबिसै घण्टा चौकीदार बस्नुपर्छ,’ उनले भनिन्।

यो समस्या एउटा बगैँचाको मात्रै होइन। खप्तडछान्ना–६ खालीगडामा स्याउ खेती गर्ने दर्जन बढी किसानको पीडा उस्तै छ।

सोही वडा राजकोटका भीमबहादुर थापाले पनि वर्षभरिको मेहनत आँखै अगाडि खेर गइरहेको देखिरहेका छन्। ‘रातदिन नभनी स्याउकै हेरचाहमा छौँ। झरेर कुहिने र वन्यजन्तुले नोक्सान गरेर आधा भइसक्यो। बेचिने छाँटकाँट छैन,’ उनी भन्छन्।

जमिन बाँझो नराख्ने उद्देश्यले स्याउ खेती गरेका किसानका लागि उत्पादनभन्दा बजार ठुलो चुनौती बनेको छ। खालीगडाबाट सडक सञ्जाल पुगेको ठाउँसम्म पुग्नै दुई घण्टा पैदल हिँड्नुपर्छ। त्यसपछि पनि किसानले चाहेको समयमा सवारीसाधन पाउँदैनन्। पाए पनि ढुवानी खर्च महँगो छ। यस्तै दुःखको सागरमा रुमल्लिएको छ, खालीगडाको स्याउ।

‘बर्खाको समयमा स्याउ पाक्छ। त्यही समय पहाडी सडक अवरुद्ध हुन्छ। यातायात सञ्चालन नहुने र ढुवानी कठिन हुने भएकाले किसानको उत्पादन बगैँचामै थन्किन्छ,’ खप्तडछान्ना–५ का किरण गिरीले सुनाए।

उनका अनुसार कृषकले बजारसम्म पुर्‍याउँदा स्याउको मूल्यभन्दा ढुवानी खर्च महँगो पर्ने अवस्था छ। बाहिरबाट आउने सस्तो स्याउसँग स्थानीय किसानले प्रतिस्पर्धा गर्न नसकेको उनले बताए।

बाहिरको स्याउले ओगट्यो बजार

बझाङका बजारमा अहिले भारतको हिमाचल प्रदेशको सिम्ला क्षेत्रबाट आउने स्याउ सहजै भेटिन्छ। नेपालकै जुम्ला, मुस्ताङको स्याउ पनि पर्याप्त छ। त्यसको मूल्य प्रतिकिलो करिब रु १५० देखि १७० सम्म पर्छ तर स्थानीय किसानले उत्पादन गरेको स्याउ बजारसम्म पुग्दा त्योभन्दा बढी खर्च लाग्छ।

उपभोक्ताको घरसम्म पुग्दा स्थानीय स्याउ बाहिरबाट आएको स्याउभन्दा महँगो हुन जान्छ। त्यसपछि किसानसँग सस्तोमा बेच्नु वा बगैँचामै छोड्नुबाहेक विकल्प बाँकी रहँदैन।

खप्तडछान्ना–६ तिउनेका नरेन्द्र थापा उपभोक्ताले स्थानीय स्याउको गुणस्तर र स्वादलाई प्राथमिकता नदिएको बताउछन्। ‘हाम्रो खालीगडामा विभिन्न जातका निकै स्वादिलो स्याउ छन् तर बगैँचामै प्रतिकिलो रु ८० मा दिन्छुभन्दा पनि किन्न मान्दैनन्,’ उनले भने, ‘टाढा बजारसम्म पुर्‍याउँदा ढुवानी खर्च नै उठ्दैन। त्यहाँ पुर्‍याए पनि धेरै सस्तो दिनुपर्छ।’

ठुलो क्षेत्रफलमा खेती गरेर बजार नपाउँदा आफूलाई पछुतो लागेको नरेन्द्र बताउँछन्। ‘उत्पादन गरेर मात्र हुँदो रहेनछ। बेच्ने बजार पनि चाहिने रहेछ। लहलहमै गरेको खेतीले उपयुक्त नतिजा दिएन। समय र लगानी व्यर्थै गयो भन्ने लाग्छ,’ निराश हुँदै उनले आफ्नो व्यथा सुनाए।

‘ढुवानी खर्च दिए पनि बोक्ने मान्छे भेटिँदैनन्,’ उनी भन्छन्, ‘उत्पादन हुने फलफूलको आधा भाग नै कुहिने, सड्ने र वन्यजन्तुको आहारा हुने अवस्था छ। बचेको स्याउले मूल्य नै पाउँदैन।’

खालीगडाकै कृषक कैलाश खड्काले स्याउबाट आम्दानी गर्ने आशाले ८०० बोट रोप्नुभएको थियो। तीमध्ये करिब ३०० बोटमा लटरम्मै फलेका छन्। बगैँचा स्याउले भरिँदा उहाँलाई खुसी लाग्छ तर स्याउ टिपेर घरमा थुपारेपछि चिन्ता सुरु हुन्छ। ‘थुप्रिएको स्याउ बेला मौकामा बेचेर छोराछोरी पाल्न, पढाउन मुस्किल देख्छु,’ उनी भन्छन्, ‘छोरी काठमाडौँ पढ्छे। स्याउकै पछि लाग्दा अहिले उसलाई दिने खर्च पनि उठाउन नसकिने अवस्था भयो। अब विदेशतिर जाने सोचिरहेको छु।’

गत वर्ष उनले ज्याला दिएर डोकामा स्याउ बोकेर बाजुराको काँडा–डोगडीसम्म पुर्‍याए। तर, त्यहाँ पनि स्याउ किन्ने ग्राहक भेटिएनन्। स्याउ लिएर फर्कन सम्भव भएन। ‘कोदो, मूला, आलुसँग साटेर ल्याएका थियौँ। यो पटक पनि त्यस्तै गर्नुपर्ने छ,’ उनले भने।

गाउँघरमा स्याउ किनेर खाने मान्छे नै नभएको उनी बताउँछन्। ‘हाम्रोतिर गाउँ खालीजस्तै भइसके। खासै मान्छे नै छैनन्। टाढा पुर्‍याउन सक्ने क्षमता नै छैन। व्यवस्थित रस्टिक स्टोर भए बेसिजनमा पनि बेचिन्थ्यो कि !’ उनी भन्छन्।

कृषकको सहारा बन्दै आरएसडिसी

कृषकको यही समस्यालाई सम्बोधन गर्न ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले स्याउ बजारीकरणको पहल थालेको छ।

खप्तडछान्ना गाउँपालिकामा सहकारीमार्फत कृषि क्षेत्रमा काम गरिरहेको आरएसडिसीले थोरै भए पनि बजारसम्म पुर्‍याउने तयारी गरेको आरएसडिसीका कार्यक्रम संयोजक धिरेन्द्र रोकायाले बताए।

रोकायाका अनुसार संस्थाले पहिलो चरणमा १० क्विन्टल स्याउ सङ्कलन गरी धनगढी पुर्‍याउने छ। किसानलाई सहज होस् भनेर ढुवानी खर्चको केही हिस्सा संस्थाले व्यहोर्ने उनले बताए। ‘सिजनमा सबै ठाउँमा हुन्छ। त्यो मूल्यभन्दा सस्तो दिन सकेमा बजार पाउने आशा रहन्छ। त्योभन्दा बढी भए थन्किन सक्छ,’ उनले भने।

पहिलो चरण परीक्षण भएको र यसमा सफलता मिल्यो भने पछि ठुलो परिणाममा पठाउन सकिने उनले बताए। बजारले माग गरेमा उत्पादनसँगै सङ्कलन, ग्रेडिङ, प्याकेजिङ, भण्डारण, ढुवानीका लागि सहकारीलाई सशक्त बनाउने र कृषकलाई थप उत्पादनमा डोर्‍याउने सोचमा संस्था रहेको उनले बताए।

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०१:२६
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना