२०८३ भदौ ३० गते मङ्गलबार

रसुवा बाढी: विद्युत् क्षेत्रमा परेको जोखिमबारे क्षेत्रीय अध्ययन हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
789136249_1369208618615534_418623616146241419_n

काठमाडौँ: रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा अन्य विद्युत् पूर्वाधारमा गम्भीर क्षति पुगेको भन्दै विद्युत् नियमन आयोगले प्राकृतिक विपद्का बेला विद्युत् क्षेत्रलाई थप सुरक्षित र प्रतिरोधी बनाउने विषयमा क्षेत्रीय अध्ययन अघि बढाउने भएको छ।

दक्षिण एसियाली पूर्वाधार नियमन मञ्च (साफिर) को भारतको हरियाणा, मानेसरमा भदौ १४ र १५ गते बसेको कार्यसमिति तथा निर्देशक समितिको बैठकले ‘विपद् प्रतिरोधी विद्युत् नियमन’ सम्बन्धी प्राविधिक अध्ययन तथा अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय प्राविधिक कार्यदल गठन गर्ने निर्णय गरेको आयोगले जनाएको छ।

उक्त कार्यदलको नेतृत्व विद्युत् नियमन आयोगले गर्नेछ। कार्यदलमा भारत, भुटान, बंगलादेश र श्रीलंकाका नियामक निकायहरूको सक्रिय सहभागिता रहनेछ।

आयोगका अनुसार कार्यदलले प्राकृतिक विपद्का बेला अपनाउनुपर्ने नियामकीय मापदण्ड, जोखिम बाँडफाँड संयन्त्र तथा विपद्को अवस्थामा समेत सीमापार विद्युत् व्यापारको निरन्तरता सुनिश्चित गर्ने कार्यविधिसहित साझा क्षेत्रीय नियामकीय खाका तयार गर्न अध्ययन गर्नेछ।

आयोगले भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, गोरखा, नुवाकोट र धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार, बेपत्ता तथा घाइते नागरिकप्रति समवेदना व्यक्त गरेको छ।

आयोगका अनुसार बाढीबाट सडक, पुल र बस्तीमा क्षति पुग्नुका साथै विभिन्न जलविद्युत् आयोजना, प्रसारण प्रणाली तथा अन्य विद्युत् पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको छ। सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्तिको निरन्तरता र आयोजना पुनःस्थापनामा चुनौती थपिएको आयोगले जनाएको छ।

यसैबीच, आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत आयोगले उक्त रकमको चेक हस्तान्तरण गरेको हो। रकम उद्धार, राहत, पुनःस्थापना तथा प्रभावित नागरिकको सहयोगमा उपयोग हुने आयोगले जनाएको छ।

आयोगले भोटेकोशी बाढीले प्राकृतिक विपद्लाई कुनै एउटा आयोजना वा अनुमतिपत्रप्राप्त संस्थासम्म सीमित जोखिमका रूपमा मात्र हेर्ने परम्परागत नियामकीय दृष्टिकोण पर्याप्त नरहेको देखाएको जनाएको छ।

नदी बेसिनमा हुने ठूलो प्राकृतिक विपद्को प्रभाव एउटा आयोजनामा मात्र सीमित नरही विद्युत् उत्पादन तथा आपूर्ति, प्रसारण प्रणालीको स्थायित्व, विद्युत् व्यापार, आयोजनाको वित्तीय दायित्व तथा सीमापार विद्युत् प्रवाहसम्म पर्न सक्ने आयोगको निष्कर्ष छ।

आयोगले प्रभावित क्षेत्रमा विद्युत् सेवाको सुरक्षा, निरन्तरता र यथाशीघ्र पुनःस्थापनाका लागि उत्पादन, प्रसारण तथा वितरण संस्थासँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। क्षतिग्रस्त विद्युत् संरचनाको प्राविधिक अवस्था, जोखिम तथा पुनःस्थापनाको प्रगतिबारे आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धित संस्थाहरूलाई आयोगले आग्रहसमेत गरेको छ।

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०४:१८
प्रतिक्रिया

थप समाचार

बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउँछौँ: पूर्वाधारमन्त्री लम्साल

काठमाडौँ: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने बताएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएकोमा...

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई २ अर्ब जरिवाना

झापा: सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) कम्पनीलाई जरिवाना...

कालिका कालिगण्डकी अर्धजलासय आयोजनाको क्षमता बढेर पुग्यो ४७.७ मेगावाट

मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो।

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार...

नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

काठमाडौँ: नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। मिलेनियम...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना