२०८३ कार्तिक १६ गते आईतबार

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पहुँच पुनःस्थापित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
trisuli_dhungebazar_flood (3)

काठमाडौँ: नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका सबै प्रभावित सबै क्षेत्रमा सञ्चार सेवाको पहुँच पुनःस्थापित गरेको जनाएको छ।

भदौ १० गते आएको बाढीका कारण ती जिल्लामा नेपाल टेलिकमका टावरबाट सञ्चालित मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। कम्पनीका प्राविधिकहरू विपद् प्रतिकार्य कक्ष तथा प्रभावित क्षेत्रमा निरन्तर खटिएर सेवा पुनःसञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

सडक तथा विद्युत् सेवा अवरुद्ध भएका स्थानमा सुरक्षा निकायसँगको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिक, उपकरण, जेनेरेटर तथा इन्धन पुर्‍याएर सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटबाट सञ्चालित सेवा अवरुद्ध भएका थिए। तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पूर्ण रूपमा क्षतिग्रस्त साइटबाट उपलब्ध हुने सेवा भने हाल अन्य साइटमार्फत प्रदान भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार भदौ ११ गते रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन तथा ब्याट्रीलगायतका उपकरण पुर्‍याएर सेवा सञ्चालन गरिएको थियो। रसुवा सदरमुकाम धुन्चेमा पनि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो।

भदौ १२ गते रसुवाको गोलजुङ टावर, नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरेमाथिको डाँडामा रहेका टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन र प्राविधिक पठाएर सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ। नुवाकोटको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङको बैरेनी ठमेल डाँडामा समेत जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरी सेवा सुचारु गरिएको थियो।

भदौ १३ गते रसुवाको त्रिशूली–३ ‘ए’ नजिक रहेको टावर, उत्तरगया गाउँपालिकाको कालिकास्थान तथा नुवाकोटको बुङताङका टावर सञ्चालनमा ल्याइएका थिए। कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालनमा आएपछि प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका थिए।

भदौ १४ गते रसुवाको नेपाल–चीन सीमास्थित रसुवा बोर्डर साइटसहित अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ तथा नुवाकोटको चारघरे र चारघरे मुलाबारी साइट सञ्चालनमा ल्याइएको थियो। रसुवा बोर्डर बीटीएस साइट सञ्चालनमा आएपछि नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको थियो।

त्यसैगरी भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइटसमेत सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

अन्ततः भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार–थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सञ्चालनमा ल्याइएपछि नेपाल टेलिकमका सबै साइट सञ्चालनमा आएका हुन्।

कम्पनीका अनुसार विद्युत् आपूर्ति नियमित नभएका कतिपय साइट हाल पनि जेनेरेटरमार्फत सञ्चालनमा छन्। विद्युत् आपूर्ति सहज भएका कतिपय साइट स्वतः सञ्चालनमा आएका छन् भने फोरजी सेवाको प्रभावकारितासमेत क्रमशः बढ्दै गएको छ।

पूर्ण रूपमा क्षतिग्रस्त टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ साइटलाई प्राथमिकतामा राखी पुनर्निर्माण गरेर पुनः सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०६:३८
प्रतिक्रिया

थप समाचार

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका...

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना