२०८३ भदौ ३० गते मङ्गलबार

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पहुँच पुनःस्थापित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
trisuli_dhungebazar_flood (3)

काठमाडौँ: नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका सबै प्रभावित सबै क्षेत्रमा सञ्चार सेवाको पहुँच पुनःस्थापित गरेको जनाएको छ।

भदौ १० गते आएको बाढीका कारण ती जिल्लामा नेपाल टेलिकमका टावरबाट सञ्चालित मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। कम्पनीका प्राविधिकहरू विपद् प्रतिकार्य कक्ष तथा प्रभावित क्षेत्रमा निरन्तर खटिएर सेवा पुनःसञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

सडक तथा विद्युत् सेवा अवरुद्ध भएका स्थानमा सुरक्षा निकायसँगको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिक, उपकरण, जेनेरेटर तथा इन्धन पुर्‍याएर सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटबाट सञ्चालित सेवा अवरुद्ध भएका थिए। तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पूर्ण रूपमा क्षतिग्रस्त साइटबाट उपलब्ध हुने सेवा भने हाल अन्य साइटमार्फत प्रदान भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार भदौ ११ गते रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन तथा ब्याट्रीलगायतका उपकरण पुर्‍याएर सेवा सञ्चालन गरिएको थियो। रसुवा सदरमुकाम धुन्चेमा पनि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो।

भदौ १२ गते रसुवाको गोलजुङ टावर, नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरेमाथिको डाँडामा रहेका टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन र प्राविधिक पठाएर सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ। नुवाकोटको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङको बैरेनी ठमेल डाँडामा समेत जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरी सेवा सुचारु गरिएको थियो।

भदौ १३ गते रसुवाको त्रिशूली–३ ‘ए’ नजिक रहेको टावर, उत्तरगया गाउँपालिकाको कालिकास्थान तथा नुवाकोटको बुङताङका टावर सञ्चालनमा ल्याइएका थिए। कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालनमा आएपछि प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका थिए।

भदौ १४ गते रसुवाको नेपाल–चीन सीमास्थित रसुवा बोर्डर साइटसहित अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ तथा नुवाकोटको चारघरे र चारघरे मुलाबारी साइट सञ्चालनमा ल्याइएको थियो। रसुवा बोर्डर बीटीएस साइट सञ्चालनमा आएपछि नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको थियो।

त्यसैगरी भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइटसमेत सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

अन्ततः भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार–थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सञ्चालनमा ल्याइएपछि नेपाल टेलिकमका सबै साइट सञ्चालनमा आएका हुन्।

कम्पनीका अनुसार विद्युत् आपूर्ति नियमित नभएका कतिपय साइट हाल पनि जेनेरेटरमार्फत सञ्चालनमा छन्। विद्युत् आपूर्ति सहज भएका कतिपय साइट स्वतः सञ्चालनमा आएका छन् भने फोरजी सेवाको प्रभावकारितासमेत क्रमशः बढ्दै गएको छ।

पूर्ण रूपमा क्षतिग्रस्त टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ साइटलाई प्राथमिकतामा राखी पुनर्निर्माण गरेर पुनः सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०६:३८
प्रतिक्रिया

थप समाचार

सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरु निगरानीमा, १० सदस्यीय समिति गठन

रुपन्देही: बाढीपछि उत्पन्न विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु-याउने गतिविधिविरुद्ध नेपाल प्रहरीले निगरानी बढाएको छ। नेपाल प्रहरीले सामाजिक...

स्मार्ट टेलिकमक प्रकरण: एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा...

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं। मोबाइल सेवाप्रदायक एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार...

नेपालमा विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओले दिए राजिनामा

काठमाडौँ: एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्। नियुक्ति लिएको १ वर्ष पनि नपुग्दै नेपालमा काम गर्न गाह्रो भएको र विदेशी लगानीको वातावरण नरहेको भन्दै उनले राजीनामा...

साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

काठमाडौं। व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधाहरू सार्वजनिक गरेको छ। कम्पनीले अकाउन्ट टेकओभर, फिसिङ र अन्य अनलाइन ठगीबाट जोगाउन थप बलियो सुरक्षा...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना