२०८३ भदौ ३० गते मङ्गलबार

एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
ncell

काठमाडौ। भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीले एनसेलको टिमुरे, रसुवामा रहेको एक वटा मोबाइल टावरका साथै ६० किलोमिटर भन्दाबढी अप्टिकल फाइवर लाइनमा पुर्णरुपमा क्षति पुर्याएको छ।

प्रारम्भिक आकलनअनुसार, यो क्षतिका कारण कम्पनीलाई ९ करोड रुपैयाँ बढी हानी भएको छ।

एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाको लाभ ३ लाख भन्दाबढी प्रभावित क्षेत्रका ग्राहकहरुले पाउँदै आएका छन्। कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी बुधबारदेखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।

बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकहरू निःशुल्क सेवाका लागि योग्य हुने व्यवस्था गरिएको हो। कम्पनीले सुरुमा गत बुधबारदेखि तीन दिनका लागि निःशुल्क सेवा उपलब्ध गराएको थियो भने पछि सेवा अवधि शनिबारदेखि थप सात दिनका लागि बढाएको थियो।

कम्पनीका अनुसार ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य सोमबारसम्म १ करोड २० लाख रुपैयाँ भन्दा बढी पुगिसकेको थियो। अहिले डाउन रहेका मोबाइल टावरको संख्या घटेसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्दै गएको कम्पनीले जनाएको छ।

विपद्का कारण आएको बाढी तथा पहिरोले फाइबर लिंकमा क्षति पुर्याउँदा नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा टावर प्रभावित भएका थिए।

कम्पनीले २७ मध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकेको छ। बाँकी तीनमध्ये रसुवाको घट्टेखोला, टिमुरेको एक वटा पूर्ण रुपमा क्षति भएको छ भने नुवाकोटको त्रिशूली, बिदुरस्थित रहेको एउटा टावर र तिरु, रसुवाको टावर पुनः सञ्चालनमा ल्याउन प्राविधिकहरु फिल्डमा खटाई आवश्यक काम भईरहेको छ।

यसैबीच, संकटको समयमा ग्राहकहरू निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजार भन्दाबढी ग्राहकहरुलाई कुनै कारणले ब्यालेन्स टपअपनगरेका कारण एकतर्फी सेवा रोकिएको वा आउटगोइङ् र इनकमिङ् दुवै सेवा बन्द अवस्थामा रहेका सिमहरूलाई समेत सेवाहरु पुनः सक्रिय गरिदिएको जनाएको छ।

यसले थुप्रै ग्राहकहरुलाई अहिलेको आपतकालीन अवस्थामा सञ्चार सेवा सहज बनेको छ। यी ग्राहकहरूले पनि एनसेलले उपलब्ध गराइरहेको निःशुल्क सेवाको सुविधा पाएका छन्। यसबाट विपद्को यस कठिन समयमा उनीहरू आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आवश्यक सहयोग लिन सक्षम भएका छन्।

एनसेलले सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामुलक कल टोन र एसएमएस पनि सम्प्रेषण गर्दै आएको छ। त्यस्ता एसएमएसहरुमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको लागि रकम पठाउनुअघि खाता, क्यूआर, लिंक आधिकारिक हो वा होइन भन्ने सुनिश्चित गर्न अपिल, सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारकप्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेकोभएपनि तुरुन्त हटाईदिनुहुन अनुरोधलगायतका रहेका छन्।

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०७:२९
प्रतिक्रिया

थप समाचार

सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरु निगरानीमा, १० सदस्यीय समिति गठन

रुपन्देही: बाढीपछि उत्पन्न विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु-याउने गतिविधिविरुद्ध नेपाल प्रहरीले निगरानी बढाएको छ। नेपाल प्रहरीले सामाजिक...

स्मार्ट टेलिकमक प्रकरण: एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा...

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं। मोबाइल सेवाप्रदायक एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार...

नेपालमा विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओले दिए राजिनामा

काठमाडौँ: एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्। नियुक्ति लिएको १ वर्ष पनि नपुग्दै नेपालमा काम गर्न गाह्रो भएको र विदेशी लगानीको वातावरण नरहेको भन्दै उनले राजीनामा...

साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

काठमाडौं। व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधाहरू सार्वजनिक गरेको छ। कम्पनीले अकाउन्ट टेकओभर, फिसिङ र अन्य अनलाइन ठगीबाट जोगाउन थप बलियो सुरक्षा...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना