२०८३ कार्तिक १६ गते आईतबार

एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
ncell

काठमाडौ। भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीले एनसेलको टिमुरे, रसुवामा रहेको एक वटा मोबाइल टावरका साथै ६० किलोमिटर भन्दाबढी अप्टिकल फाइवर लाइनमा पुर्णरुपमा क्षति पुर्याएको छ।

प्रारम्भिक आकलनअनुसार, यो क्षतिका कारण कम्पनीलाई ९ करोड रुपैयाँ बढी हानी भएको छ।

एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाको लाभ ३ लाख भन्दाबढी प्रभावित क्षेत्रका ग्राहकहरुले पाउँदै आएका छन्। कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी बुधबारदेखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।

बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकहरू निःशुल्क सेवाका लागि योग्य हुने व्यवस्था गरिएको हो। कम्पनीले सुरुमा गत बुधबारदेखि तीन दिनका लागि निःशुल्क सेवा उपलब्ध गराएको थियो भने पछि सेवा अवधि शनिबारदेखि थप सात दिनका लागि बढाएको थियो।

कम्पनीका अनुसार ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य सोमबारसम्म १ करोड २० लाख रुपैयाँ भन्दा बढी पुगिसकेको थियो। अहिले डाउन रहेका मोबाइल टावरको संख्या घटेसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्दै गएको कम्पनीले जनाएको छ।

विपद्का कारण आएको बाढी तथा पहिरोले फाइबर लिंकमा क्षति पुर्याउँदा नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा टावर प्रभावित भएका थिए।

कम्पनीले २७ मध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकेको छ। बाँकी तीनमध्ये रसुवाको घट्टेखोला, टिमुरेको एक वटा पूर्ण रुपमा क्षति भएको छ भने नुवाकोटको त्रिशूली, बिदुरस्थित रहेको एउटा टावर र तिरु, रसुवाको टावर पुनः सञ्चालनमा ल्याउन प्राविधिकहरु फिल्डमा खटाई आवश्यक काम भईरहेको छ।

यसैबीच, संकटको समयमा ग्राहकहरू निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजार भन्दाबढी ग्राहकहरुलाई कुनै कारणले ब्यालेन्स टपअपनगरेका कारण एकतर्फी सेवा रोकिएको वा आउटगोइङ् र इनकमिङ् दुवै सेवा बन्द अवस्थामा रहेका सिमहरूलाई समेत सेवाहरु पुनः सक्रिय गरिदिएको जनाएको छ।

यसले थुप्रै ग्राहकहरुलाई अहिलेको आपतकालीन अवस्थामा सञ्चार सेवा सहज बनेको छ। यी ग्राहकहरूले पनि एनसेलले उपलब्ध गराइरहेको निःशुल्क सेवाको सुविधा पाएका छन्। यसबाट विपद्को यस कठिन समयमा उनीहरू आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आवश्यक सहयोग लिन सक्षम भएका छन्।

एनसेलले सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामुलक कल टोन र एसएमएस पनि सम्प्रेषण गर्दै आएको छ। त्यस्ता एसएमएसहरुमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको लागि रकम पठाउनुअघि खाता, क्यूआर, लिंक आधिकारिक हो वा होइन भन्ने सुनिश्चित गर्न अपिल, सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारकप्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेकोभएपनि तुरुन्त हटाईदिनुहुन अनुरोधलगायतका रहेका छन्।

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०७:२९
प्रतिक्रिया

थप समाचार

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका...

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना