काठमाडौँ: लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड चौबिस लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधार समेत प्रभावित भएका छन्।
प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनतर्फ फर्किन र पुनर्निर्माणका प्रयासलाई अघि बढाउन भइरहेका सामूहिक राहत तथा पुनःस्थापना अभियानमा आफ्नो तर्फबाट सहयोग पुर्याउने प्रयास गरेको बैंकले जनाएको छ।