२०८३ कार्तिक १५ गते शनिवार

बुद्ध एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १९
buddha air

काठमाडौँः निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो नयाँ सिरिजको ‘एटीआर ७२–६००’ जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ ।

शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो ।

कम्पनीले गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट ल्याएको यो जहाज आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरी सेवामा उतारेको हो ।

पूर्ण ग्लास ककपिट, डिजिटल फ्लाइट म्यानेजमेन्ट र आधुनिक नेभिगेसन प्रणालीले सुसज्जित यस जहाजमा ‘आरएनपी–एआर’ प्रविधि जडान गरिएकाले कम भिजिबिलिटीको अवस्थामा पनि सुरक्षित उडान र अवतरण गर्न सहज हुनेछ ।

वातावरणीय दृष्टिकोणले कम इन्धन खपत गर्ने र कम ध्वनि प्रदूषण गर्ने यो जहाजमा पुराना सिरिजका तुलनामा यात्रु सिट र ओभरहेड बिन फराकिला छन् ।

हाल बुद्ध एयरसँग १४ वटा एटीआर–७२–५०० र १ वटा एटीआर–७२–६०० गरी कुल १५ वटा जहाज सञ्चालनमा छन् । कम्पनीले निकट भविष्यमै थप एक एटीआर–७२–६०० जहाज भित्र्याउने तयारी गरेको छ ।

बुद्ध एयरले दैनिक १४० भन्दा बढी आन्तरिक उडानका साथै भारतको वाराणसी र कोलकातामा समेत नियमित अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

चाडपर्वसम्म सस्तो भाडादर र निःशुल्क राहत ढुवानी

यसैबीच, भदौ १० मा रसुवालगायत क्षेत्रमा आएको भीषण बाढीका कारण राजमार्गहरू अवरुद्ध भएपछि कम्पनीले दशैं, तिहार र छठपर्वसम्म न्यूनतम तथा सस्तो भाडादरमै उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले प्राकृतिक विपत्तिका बेला हवाई सेवामार्फत यात्रुलाई सहज विकल्प दिनु कम्पनीको दायित्व भएको बताउँदै नाफा–घाटाभन्दा नागरिकको सेवालाई प्राथमिकता दिएको बताएका छन् ।

पछिल्लो सात महिनामा हवाई इन्धनको मूल्य ९६ प्रतिशतले बढेर प्रतिलिटर २४९ रुपैयाँ पुग्दा पनि कम्पनीले आर्थिक भार आफैं बेहोरेर काठमाडौं–भैरहवाको भाडादर १४ प्रतिशत मात्र बढाएर ६ हजार ५ सय रुपैयाँ कायम राखेको छ ।

साथै, बाढीपहिरो प्रभावित क्षेत्रका लागि कम्पनीले देशका विभिन्न जिल्लाबाट हालसम्म ७ हजार ३ सय २२ केजी राहत सामग्री निःशुल्क ढुवानी गरिसकेको छ ।

प्रकाशित: २०८३ भदौ १९ गते शुक्रबार ०४:२९
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना