काठमाडौँः आइतबार (आज) सुनको मूल्य घटेको छ। आज सुन तोलामा ३ हजार १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।