२०८३ कार्तिक २२ गते शनिवार

वैदेशिक ऋणको पुनर्संरचना नभएपछि श्रीलंकाको वित्त बजार बन्द रहने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
nepalclicks

काठमाडौं – श्रीलंकाका वित्त अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन्। श्रीलंकाको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि त्यहाँका अधिकारीहरुले यस्तो निर्णय गरेका हुन्।

श्रीलंकामा गत वर्षको अप्रिलमा आर्थिक संकट देखिएको थियो। संकटा कारण त्यहाँको राजनीतिक फेरबदल भएको थियो। उतिबेल सरकारले संकटको घोषणा गर्दै आफ्नो विदेशी ऋणको लागि सम्झौता गरेको थियो।

तर सो ऋणको लागि कानुनी दायित्व पुरा गर्न नसकेपछि मार्चमा सहमति भएको आईएमएफको ‘बेलआउट प्याकेज’को अनुरूप पुनर्संरचनाले सरकारी ऋणपत्रलाई असर गरेको छ।

अहिले श्रीलंका सँग कुल वैदेशिक ऋणको १४ अर्ब डलरभन्दा बढी विदेशी सरकारहरूको द्विपक्षीय ऋण छ भने यसको ५२ प्रतिशत चीनलाई तिर्नुपर्छ।

श्रीलंकाका एक संसदीय अधिकारीका अनुसार ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न यसै हप्ताको अन्त्यमा विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न सांसदहरूको मङ्गलबार बैठक बस्ने अपेक्षा गरिएको छ।

केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेका अनुसार अधिकारीहरूले बिहीबार र सोमबार पर्न गएको पर्व बिदाको अतिरिक्त शुक्रबार बिदा दिन आदेश दिएका छन्। उनले स्थानीय टेलिभिजन नेटवर्कसँग भने,’ऋण पुनर्संरचनाको बारेमा संसदमा छलफल भइरहेको बेला बजार खुला रहनु अस्वस्थकर हुनेछ।’

उनले भने, ‘संवेदनशील ऋण पुनर्संरचनाको बारेमा छलफल हुँदा बजारले काम गर्नु हुँदैन। हामी आशा गर्छौं कि यो पाँच दिनभित्र पुनर्संरचना प्रक्रिया पूरा हुनेछ। यो निर्णयले व्यक्तिको निक्षेपमा कुनै असर पर्ने छैन, तर वाणिज्य बैंक र पेन्सन फण्डको ट्रेजरी बिल र ऋणपत्रको पुनर्संरचना गर्ने सरकारको योजना छ।’

सरकारले गत अगष्टसम्ममा वैदेशिक ऋण पुनर्संरचनाको अपेक्षा गरेको थियो, तर देशको मुख्य द्विपक्षीय ऋणदाता चीनले सुरुमा कटौती गर्न अनिच्छुक भएको र यसको सट्टा पुरानो ऋण तिर्न थप कर्जा प्रस्ताव गरेको थियो।

प्रकाशित: २०८० असार ११ गते सोमबार ०२:१४
प्रतिक्रिया

थप समाचार

पुटिनले गरे वार्ताको आह्वान, जेलेन्स्कीले भने- सकारात्मक संकेत

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई वार्तामा आउन आह्वान गरेका छन्। तीन दिने युद्धविराम घोषणा गरेको रुसले त्यसलाई निरन्तरता दिनका लागि वार्ताको आह्वान गरेको हो। युक्रेनी...

परराष्ट्र भन्छ- पाकिस्तानका नेपालीको सुरक्षामा सरकार सचेत छ

काठमाडौँ- सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार...

गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको मृत्यु

भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोट भएपछि आगलागी हुँदा २० जनाको ज्यान गएको छ। अरु पाँच जना घाइते भएका छन्। बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका...

दोस्रो विश्वयुद्धको बम फ्रान्समा भेटियो, विस्फोट हुने डरले यातायात अस्तव्यस्त

पेरिस- फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ। पेरिस गारे डु नोर्ड रेल स्टेसनमा बम भेटिएपछि शुक्रबार यातायात रोकिएको अधिकारीहरूले बताएका...

गाजा आक्रमणमा १७० पत्रकारको मृत्यु

गाजा- गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली आक्रमण सुरु भएदेखि शहीद भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको छ। गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा शहरको मुस्तफा हफेज...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना