काठमाडौँ: बाढी प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५० हजार २५५ रुपैयाँ सहयोग गरेको छ।
संस्थाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै संस्थाका पार्षद् सदस्य, विभिन्न स्थायी तथा अस्थायी समिति सदस्य, बोर्डका सदस्य, कर्मचारी तथा कर्मचारी संघको सामूहिक सहभागिताबाट उक्त रकम संकलन गरिएको हो।
संस्थाले विपद्का समयमा प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि सहयोग गर्नु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वसँगै मानवीय दायित्वसमेत भएको जनाएको छ।
संस्थाले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि राज्य, सम्बन्धित निकाय, निजी तथा व्यावसायिक क्षेत्र र आम नागरिकबाट भइरहेको सहयोग तथा सहकार्यको प्रशंसा गर्दै यस्ता मानवीय प्रयासमा निरन्तर एकताबद्ध हुन आह्वानसमेत गरेको छ।