काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का उच्च अधिकारीसँग छलफल गर्दै उनले सुधारका लागि निर्देशन दिएका हुन्।
बैठकमा राष्ट्र बैंकका गभर्नर प्राडा.विश्वनाथ पौडेल, सेबोनका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र सेबोनका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए।
सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ। बजार बढ्नका साटो घट्न थालेपछि लगानीकर्ताले सरकारको ध्यानकर्षण गराउँदै आएका छन्।


