काठमाडौँः बुधबार (आज) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।