२०८३ कार्तिक १५ गते शनिवार

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज२४’ सेवा, वार्षिक मूल्य कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
final Mnemonic Biz24-01 (1)

काठमाडौँ: इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायका लागि ‘बिज२४’ वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ।

व्यवसायिक परिसरका हरेक कुनासम्म एकसमान र भरपर्दो वाइफाइ पहुँच उपलब्ध गराउने तथा क्लाउडमार्फत वाइफाइ सञ्जाल व्यवस्थापन गर्न सकिने गरी ‘बिज२४’ तयार गरिएको कम्पनीले जनाएको छ। यसमा ग्राहकका समस्या छिटो समाधान गर्न प्राथमिकता सहयोग सेवासमेत उपलब्ध हुनेछ।

वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार नेपालका धेरैजसो साना तथा मध्यम व्यवसाय अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट जडानमा निर्भर छन्। त्यसका कारण कार्यालय वा व्यवसायिक परिसरका केही स्थानमा वाइफाइ संकेत नपुग्ने, व्यवसाय सञ्चालनका महत्वपूर्ण समयमा इन्टरनेटमा समस्या आउने तथा सञ्जालको अवस्थाबारे पर्याप्त जानकारी नहुनेजस्ता समस्या देखिने गरेका छन्।

यिनै चुनौती समाधान गर्ने उद्देश्यले ‘बिज२४’ ल्याइएको राजभण्डारीले बताए। उनका अनुसार यसले व्यवसायलाई थप भरपर्दो, व्यवस्थित र व्यवसायिक स्तरको इन्टरनेट सम्पर्क उपलब्ध गराउनेछ। क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो र सहकार्य कार्यालयलगायत विभिन्न व्यवसायको आवश्यकतालाई ध्यानमा राखेर सेवा तयार गरिएको उनले बताए।

‘बिज२४’ ले व्यवसायिक परिसरको भौतिक संरचना, क्षेत्रफल र आवश्यकताअनुसार उपयुक्त वाइफाइ समाधानको योजना तथा सुझाव उपलब्ध गराउने कम्पनीले जनाएको छ। एउटै राउटरमा निर्भर हुनुपर्ने अवस्थाको विकल्पका रूपमा यसले व्यवसायिक परिसरभरि व्यवस्थित वाइफाइ पहुँच उपलब्ध गराउनेछ।

‘बिज२४’ मा व्यवसायको आवश्यकता र आकारअनुसार सञ्जाल विस्तार गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ। यसमा सार्वजनिक स्थिर आईपी ठेगानासमेत उपलब्ध हुनेछ, जुन सीसीटीभी, विभिन्न सफ्टवेयर तथा अन्य सूचना प्रविधि सेवा सञ्चालनका लागि आवश्यक पर्न सक्छ।

‘बिज२४’ ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन तहमा उपलब्ध छ। यी योजनामा २०० एमबीपीएसदेखि १ जीबीपीएससम्मको इन्टरनेट गति उपलब्ध हुने कम्पनीले जनाएको छ। मार्ट, रेस्टुरेन्ट, स्टुडियो, क्लिनिक, सहकार्य कार्यालय तथा मध्यम आकारका व्यवसायलाई लक्षित गरी सेवा तयार गरिएको हो।

‘बिज२४’ को वार्षिक मूल्य १३ प्रतिशत मूल्य अभिवृद्धि करबाहेक ३० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २०८३ भदौ २५ गते बिहिबार १२:११
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना