२०८३ कार्तिक १३ गते बिहिबार

४३ दिनमै खानेपानी आयोजना निर्माण सम्पन्न!

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार १२
43 dinmai water

म्याग्दी–धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायात सुविधा पुगेको छैन। म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो। गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा–२ लुलाङबाट पूरै दिन जंगल, भीर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ। घोडा, खच्चर र भरियामार्फत सामान ढुुवानी गर्नुपर्छ।

यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्यभन्दा अघि नै सकिएको छ। ढिलासुस्तीका कारण म्याग्दीका ठूला विकास आयोजना थलिएको अवस्थामा गुर्जा खानेपानी आयोजनाको काम लक्ष्यअघि नै सम्पन्न भएको हो।

धवलागिरि–१ का अध्यक्ष झक छन्त्यालले निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको प्रभावकारी सहजीकरण तथा समन्वय हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश गुर्जा खानेपानी आयोजनाले दिएको बताउँछन्।

‘सुगम र सदरमुकाममा ठूला भनिएका ठेकेदारले जिम्मा लिएका आयोजना अलपत्र परेको अवस्थामा हाम्रोजस्तो विकट ठाउँको काम निर्धारित समयअगावै सकिएको छ’, उनले भने, ‘सरोकारवालामा इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने रहेछ।’

कुल ५० लाख लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरि गाउँपालिका र बेनीको बिएन्डडी निर्माण सेवाबीच १४ चैत २०७९ मा ठेक्का सम्झौता भएको थियो। ४४ लाख ७८ हजार ११२ मा भएको सम्झौताको म्याद १५ असारसम्म थियो।

निर्माण कम्पनीका प्रतिनिधि गोर्खा छन्त्यालले १० असारमै सम्झौताअनुसारको सबै काम सम्पन्न गरेको जानकारी दिए। काम सुरु गरेको ४३ दिनमा सम्पन्न गरेको उनले बताए। साउनाखोलाको मुहानमा इन्टेक, त्यहाँबाट गुर्जा गाउँसम्म ६३ एमएमको ३ हजार ४८० मिटर मुख्य पाइप लाइन बिछ्याइएको छ।

लुलाङबाट खच्चर र भरियालाई बोकाएर पाइप, सिमेन्ट, रडलगायतका निर्माण सामग्री ढुवानी गरिएको थियो। २५ हजार लिटर क्षमताको रिजर्भ ट्यांकी पनि निर्माण भएको छ। इन्टेक, मुख्य पाइप लाइन र ट्यांकीको परीक्षण सफल भएको छ।

गुर्जाका करिब २५० घरधुरीलाई निजी धारामार्फत खानेपानी वितरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको हो। यो आयोजनाबाट गुर्जाको देउराली बस्तीबाहेकका सबै घरमा खानेपानी पुग्नेछ।

शाखा लाइन र निजी धारा बनाएर आगामी वर्ष आयोजनालाई पूर्णता दिइने धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। गत वर्ष सञ्चालित गुर्जाको स्वास्थ्य चौकी भवन निर्माण गर्ने योजना पनि लक्ष्यअघि नै सम्पन्न भएको छ।

प्रकाशित: २०८० असार १२ गते मङ्गलबार ०७:४५
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना