काठमाडौँ: भोटेकोसी नदीमा आएको बाढी र त्यसपछि गएको पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउन मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए) ले ३१ लाख रुपैयाँ उपलब्ध गराएको छ।
संघका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवालसहित पदाधिकारी तथा सञ्चालक सदस्यहरूले संकलित रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
संघका सदस्य कम्पनीहरूबाट जुटाइएको उक्त रकम विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनर्स्थापनामा खर्च गरिने जनाइएको छ।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष मल्होत्राले प्राकृतिक विपद्को समयमा प्रभावित समुदायलाई साथ दिनु सामूहिक जिम्मेवारी भएको बताएका छन्।