२०८३ कार्तिक १४ गते शुक्रबार

विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै १३ सय नेपाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
gyerung_nepali_1

काठमाडौं। चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन गर्ने निर्णय गरेका छन्।

गत भदौ १० गते नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको महाप्रलयले नेपाल–चीन सीमास्थित ग्यिरोङ नाकामा ठूलो क्षति पुर्याएको थियो। यो क्षेत्र नेपालको रसुवागढी नाकासँग जोडिएको चीन तर्फको व्यापारीक नाका हो।

उक्त विपत्तिमा ग्यिरोङ काउन्टीमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। खोज तथा उद्धार कार्य अझै जारी छ।

विपत्तिपछि पनि त्यहाँ रहेका अधिकांश नेपाली व्यवसायीहरूले ग्यिरोङलाई आफ्नो रोजगारी, सपना र भविष्यसँग जोडिएको स्थानका रूपमा हेरेर फर्किनुभन्दा त्यहीँ बसेर पुनः व्यवसाय सञ्चालन गर्ने तयारी गरेका छन्।

उक्त क्षेत्रमा गिफ्ट पसल र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका सागा छिरिङ तामाङले विपत्तिको खबर सुनेलगत्तै नेपालमा रहेका परिवारसँग सम्पर्क गर्न खोजेको अनुभव सुनाए। उनले चीन सरकारले खाद्यान्न, स्वास्थ्य सेवा र आवश्यक व्यवस्थापन उपलब्ध गराएको बताए।

‘मैले घरमा चिन्ता नगर्नुस् भनें। यहाँ खाना, औषधि र सबै व्यवस्था राम्रो छ। आप्रवासन प्रहरी र अन्य अधिकारीहरूले पनि कुनै समस्या परे सिधै भन्नुस्, नेपाल फर्किन चाहनुहुन्छ भने पनि व्यवस्था गरिदिन्छौँ भनेर सहयोग गरेका थिए,‘ उनले भने।

चाँदीका भाँडाकुँडा व्यवसाय सञ्चालन गर्दै आएका राजेन्द्र घतानीले ग्यिरोङ क्षेत्र आफ्ना लागि केवल काम गर्ने ठाउँ नभई आफ्नो आधार बनेको बताए। ‘मलाई यो सहरमा निकै सहज लाग्छ। यहाँ सुरक्षित महसुस हुन्छ,‘ उनले भने। उनका अनुसार ग्यिरोङमा रहेका धेरै नेपाली व्यवसायीहरूले यहीँबाट भविष्यमा चीनका अन्य ठूला सहरसम्म आफ्नो व्यापार विस्तार गर्ने सपना देखिरहेका छन्।

रसुवाका नेपालीलाई कर छुट

तामाङका अनुसार ग्यिरोङ रसुवासँग जोडिएकाले नेपाली व्यवसायीलाई त्यहाँ व्यापार गर्न सहज वातावरण छ। ‘रसुवाका नेपालीलाई कर छुटको सुविधा छ। कम लगानीमा व्यवसाय गर्न सकिन्छ र दुई घण्टामै आफ्नो गाउँ पुग्न सकिन्छ। यही हाम्रो लागि सबैभन्दा ठूलो अवसर हो,‘उनले भने।

शताब्दीयौंदेखि ग्यिरोङ नाका चीन र नेपालबीच व्यापार र जनस्तरको सम्बन्धको महत्वपूर्ण केन्द्र रहँदै आएको छ। महाप्रलयले त्यहाँका नेपाली व्यवसायीको व्यापारमा ठूलो धक्का पुर्याए पनि उनीहरूले ग्यिरोङलाई अझै पनि आफ्नो सपनाको भूमि मान्दै त्यहीँ बसेर नयाँ सुरुआत गर्ने अडान कायम राखेका छन्। सीसीटीभी प्लस

प्रकाशित: २०८३ भदौ २८ गते आईतबार १०:५७
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना