२०८३ भदौ ३० गते मङ्गलबार

विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै १३ सय नेपाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
gyerung_nepali_1

काठमाडौं। चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन गर्ने निर्णय गरेका छन्।

गत भदौ १० गते नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको महाप्रलयले नेपाल–चीन सीमास्थित ग्यिरोङ नाकामा ठूलो क्षति पुर्याएको थियो। यो क्षेत्र नेपालको रसुवागढी नाकासँग जोडिएको चीन तर्फको व्यापारीक नाका हो।

उक्त विपत्तिमा ग्यिरोङ काउन्टीमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। खोज तथा उद्धार कार्य अझै जारी छ।

विपत्तिपछि पनि त्यहाँ रहेका अधिकांश नेपाली व्यवसायीहरूले ग्यिरोङलाई आफ्नो रोजगारी, सपना र भविष्यसँग जोडिएको स्थानका रूपमा हेरेर फर्किनुभन्दा त्यहीँ बसेर पुनः व्यवसाय सञ्चालन गर्ने तयारी गरेका छन्।

उक्त क्षेत्रमा गिफ्ट पसल र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका सागा छिरिङ तामाङले विपत्तिको खबर सुनेलगत्तै नेपालमा रहेका परिवारसँग सम्पर्क गर्न खोजेको अनुभव सुनाए। उनले चीन सरकारले खाद्यान्न, स्वास्थ्य सेवा र आवश्यक व्यवस्थापन उपलब्ध गराएको बताए।

‘मैले घरमा चिन्ता नगर्नुस् भनें। यहाँ खाना, औषधि र सबै व्यवस्था राम्रो छ। आप्रवासन प्रहरी र अन्य अधिकारीहरूले पनि कुनै समस्या परे सिधै भन्नुस्, नेपाल फर्किन चाहनुहुन्छ भने पनि व्यवस्था गरिदिन्छौँ भनेर सहयोग गरेका थिए,‘ उनले भने।

चाँदीका भाँडाकुँडा व्यवसाय सञ्चालन गर्दै आएका राजेन्द्र घतानीले ग्यिरोङ क्षेत्र आफ्ना लागि केवल काम गर्ने ठाउँ नभई आफ्नो आधार बनेको बताए। ‘मलाई यो सहरमा निकै सहज लाग्छ। यहाँ सुरक्षित महसुस हुन्छ,‘ उनले भने। उनका अनुसार ग्यिरोङमा रहेका धेरै नेपाली व्यवसायीहरूले यहीँबाट भविष्यमा चीनका अन्य ठूला सहरसम्म आफ्नो व्यापार विस्तार गर्ने सपना देखिरहेका छन्।

रसुवाका नेपालीलाई कर छुट

तामाङका अनुसार ग्यिरोङ रसुवासँग जोडिएकाले नेपाली व्यवसायीलाई त्यहाँ व्यापार गर्न सहज वातावरण छ। ‘रसुवाका नेपालीलाई कर छुटको सुविधा छ। कम लगानीमा व्यवसाय गर्न सकिन्छ र दुई घण्टामै आफ्नो गाउँ पुग्न सकिन्छ। यही हाम्रो लागि सबैभन्दा ठूलो अवसर हो,‘उनले भने।

शताब्दीयौंदेखि ग्यिरोङ नाका चीन र नेपालबीच व्यापार र जनस्तरको सम्बन्धको महत्वपूर्ण केन्द्र रहँदै आएको छ। महाप्रलयले त्यहाँका नेपाली व्यवसायीको व्यापारमा ठूलो धक्का पुर्याए पनि उनीहरूले ग्यिरोङलाई अझै पनि आफ्नो सपनाको भूमि मान्दै त्यहीँ बसेर नयाँ सुरुआत गर्ने अडान कायम राखेका छन्। सीसीटीभी प्लस

प्रकाशित: २०८३ भदौ २८ गते आईतबार १०:५७
प्रतिक्रिया

थप समाचार

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

ह्युन्डाईको दसैं–तिहार अफर: ३ लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट ५ लाखसम्म जित्ने मौका

काठमाडौँ: ह्युन्डाई नेपालले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभल ड्राइभ २०८३’ अफर सार्वजनिक गरेको छ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

खल्तीले सुरु गर्‍यो ‘खल्ती होटल्स’, एउटै एपबाट होटल, उडान र बस बुकिङ गर्न सकिने

काठमाडौँः आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्। होटल...

युएसभी फार्माद्वारा बाढीपीडितका लागि १ करोड ५० लाख सहयोग

काठमाडौँ: नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानका लागि १ करोड ५० लाख रुपैंयाँ सहयोग उपलब्ध गराएको...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना