२०८३ भदौ ३० गते मङ्गलबार

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
nepal_india_china

काठमाडौँ: विश्वको दोस्रो ठूलो अर्थतन्त्र छिमेकी चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति बढेर ३४ खर्ब ३८ अर्ब (३.४३८ ट्रिलियन) डलर पुगेको छ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी डलरको कमजोरी कायमै रहँदा गत अगस्ट महिनामा चीनको विदेशी मुद्रा सञ्चिति अपेक्षाभन्दा बढेको हो।

यसअघिको महिनामा विदेशी विनिमय सञ्चिति ३४ खर्ब १९ अर्ब (३.४१९ ट्रिलियन) डलर थियो। रोयटर्सको सर्वेक्षणमा ३.४२५ ट्रिलियन डलर हुने अनुमान गरिएको थियो।

चीनको निर्यात व्यापारको ग्राफ निरन्तर उकालो लागेको छ। आधिकारिक भन्सार तथ्यांकअनुसार, यस वर्षको आठ महिनामा चीनको वैदेशिक व्यापारमा निकै सकारात्मक वृद्धि देखिएको हो।

यस अवधिमा कुल वस्तु आयात र निर्यात १७.६ प्रतिशत बढेर ३४७ खर्ब ८० अर्ब (३४.७८ ट्रिलियन) युआन पुगेको छ। डलरमा ५१ खर्ब ८० अर्ब पुगेको छ।

निर्यात १४.६ प्रतिशत बढेर २०१ खर्ब ७० अर्ब (२०.१७ ट्रिलियन) युआन पुगेको छ। यसबीचमा आयात २२ प्रतिशत बढेर १४६ खर्ब १० अर्ब (१४.६१ ट्रिलियन) युआन कायम भएको छ।

यता छिमेकी भारतमा विदेशी मुद्रा सञ्चितिले कीर्तिमानी स्तर कायम गरेको छ। भारतको रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) का अनुसार डलर सञ्चिति बढेर ७ खर्ब ८५ अर्ब ७० करोड डलर पुगेको छ।

देशको भुक्तानी सन्तुलन सुदृढ पार्ने नीतिगत उपायहरूमार्फत भित्रिएको ठूलो परिमाणको रकमका कारण कीर्तिमानी स्तर कायम गरेको रोयटर्सले जानकारी दिएको छ।

भारतको विदेशी मुद्रा सञ्चिति लगातार १० सातादेखि बढिरहेको छ। यस अवधिमा करिब एक खर्ब २० अर्ब डलरले वृद्धि भएको छ। पछिल्लो तथ्यांकअनुसार ४५ अर्ब डलरको वृद्धि देखाएको छ।

गत जुनमा, भारतले डलरको भित्रिने प्रवाह बढाउन विभिन्न उपायहरू सार्वजनिक गरेको थियो। यसमा सरकारी कम्पनी तथा बैंकहरूका लागि विदेशबाट लिइने ऋणमा सहुलियतपूर्ण हेजिङ सुविधा र बैंकहरूका लागि विदेशी मुद्रामा निक्षेप संकलन गर्दा निःशुल्क हेजिङ सुविधा उपलब्ध गराउने जस्ता उपायहरू समावेश थिए।

जुन ५ देखि अगस्ट ३१ को अवधिमा आरबीआईले यी योजनाहरूमार्फत १ खर्ब ३६ अर्ब ३० करोड डलर प्राप्त गर्यो। यसमा गैरआवासीय भारतीय निक्षेपबाट प्राप्त १ खर्ब २७ अर्ब डलरको रकम प्रमुख रह्यो। जुन अपेक्षाभन्दा निकै बढी थियो।

डलरको उच्च प्रवाहका कारण केन्द्रीय बैंकले विदेशी निक्षेपसम्बन्धी हेजिङ सुविधाको समयावधि एक महिना छोट्याएर अगस्टको अन्त्यसम्म कायम गरेको थियो।

सेप्टेम्बर ४ मा समाप्त भएको सातामा केन्द्रीय बैंकको विदेशी मुद्रा सम्पत्तिमा ४७.४ अर्ब डलर वृद्धिले कुल सञ्चिति बढाउन मुख्य भूमिका खेलेको हो। जबकि, यसको सुन मौज्दातको मूल्य करिब २.६ अर्ब डलर घटेर १ खर्ब १३ अर्ब ८० करोड डलरमा सीमित भयो।

बैंकरहरूका अनुसार, रुपैयाँलाई टेवा दिन विदेशी मुद्रा बजारमा आरबीआईले गरेको बारम्बारको हस्तक्षेपले विदेशबाट भित्रिएको डलरको केही प्रभावलाई सम्भवतः निष्प्रभावी बनाएको छ।

यता सानो अर्थतन्त्र नेपालको विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशत वृद्धि भई गत असारसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। २०८२ असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो।

विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा २५ खर्ब ३१ अर्ब छ। यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर थियो। २०८३ असार मसान्तमा २९.८ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत छ। बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २०८३ भदौ २८ गते आईतबार ०५:२५
प्रतिक्रिया

थप समाचार

पुनरुत्थान कार्ययोजना पुँजी बजार विकासका लागि महत्त्वपूर्ण नीतिगत पहलः अध्यक्ष ढकाल

काठमाडौँ: स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनालाई...

सेयर बजार सुदृढीकरण तथा पुनरूत्थानमा २१ बुँदै कार्ययोजना, लाभकर अधिकतम ५ प्रतिशत

अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गरेको हो। यसअघि १० प्रतिशतसम्म थियो।

बन्द सरकारी उद्योग सरकारले चलाउँदैन, धुलो टक्टकाएर निजी क्षेत्रलाई दिन्छौँ: अर्थमन्त्री

सरकारले विगतमा विवादित बनेका विषयलाई नछुने तर निजी क्षेत्रले सञ्चालन गर्न चाहेको अवस्थामा अपरेसनल लिजमार्फत उद्योग सञ्चालन गर्ने वातावरण बनाउने उनको भनाइ छ।

चीनको वैदेशिक व्यापार बढेर पुग्यो ५१ खर्ब ८० अर्ब डलर

काठमाडौं। छिमेकी चीनको निर्यात व्यापारको ग्राफ निरन्तर उकालो लागेको छ। मंगबार सार्वजनिक गरिएको आधिकारिक भन्सार तथ्यांकअनुसार, यस वर्षको आठ महिनामा चीनको वैदेशिक व्यापारमा निकै सकारात्मक...

अर्थमन्त्री वाग्लेद्वारा सेयर बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन्। सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।
News 3 (1).psd (10)
कानुन क्लिक्स

किन बढ्दैछन् स्थानीय तहमा दागी जनप्रतिनिधि?

आर्थिक अनियमितता, बेथिति र भ्रष्टाचारका घटनामा जननिर्वाचित प्रतिनिधिहरू दागी बनिरहेका छन्। विधि कानुन पालना गरी सुशासन कायम गर्न, गराउन जिम्मेवार र जवाफदेही बन्नुपर्ने जनप्रतिनिधिहरू भ्रष्टाचार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना