२०८३ कार्तिक १४ गते शुक्रबार

बन्द सरकारी उद्योग सरकारले चलाउँदैन, धुलो टक्टकाएर निजी क्षेत्रलाई दिन्छौँ: अर्थमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
sejon

काठमाडौँ: अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि बन्द तथा अस्तव्यस्त अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योग सरकार आफैँले नचलाउने स्पष्ट पारेका छन्। निश्चित प्रक्रियामार्फत निजी क्षेत्रलाई सञ्चालन गर्न दिने तयारी भइरहेको उनले बताए।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा अर्थमन्त्री वाग्लेले हेटौंडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौंडा कपडा उद्योग र गोरखकाली रबर उद्योगलगायत सरकारी स्वामित्वका उद्योगको डिडिएसम्बन्धी काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

बन्द रहेका उद्योगमा सरकारले बजेट पठाउने तर त्यसअनुसार काम अघि नबढ्ने अवस्था अन्त्य गर्न खोजिएको उनको भनाइ छ। सरकारले आवश्यक नीति बनाएर उद्योगलाई व्यवस्थित गर्दै निश्चित बिन्दुमा पुर्‍याएपछि निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिने उनले बताए।

‘सरकारले आवश्यक नीति बनाएर वर्षौंदेखि बजेट मात्र पठाउने तर काम नहुने अवस्था अन्त्य गर्न खोजिएको हो,’ वाग्लेले भने, ‘हामीले उद्योग चलाउन थालेको होइन, धुलो टकटकाउन मात्र लागिएको हो। उद्योग सरकारले चलाउने होइन, निजी क्षेत्रलाई नै चलाउन दिने हो।’

सरकारले उद्योग चलाउन थालेको भन्ने भाष्य अहिले नै निर्माण गर्नु उपयुक्त नभएको पनि उनले बताए। ‘सरकारले उद्योग नै चलाउन थाल्यो कि भन्ने छ, तर हामीले धुलो टक्टक्याएका मात्र हौँ,’ उनले भने, ‘यसलाई एउटा निश्चित बिन्दुमा पुर्‍याएर निजी क्षेत्रलाई नै दिने हो। त्यसैले अहिले नै जुन ‘प्रिम्याच्योर’ भाष्य निर्माण गर्न खोजिँदै छ, यो उपयोगी होइन।’

सरकारले विगतमा विवादित बनेका विषयलाई नछुने तर निजी क्षेत्रले सञ्चालन गर्न चाहेको अवस्थामा अपरेसनल लिजमार्फत उद्योग सञ्चालन गर्ने वातावरण बनाउने उनको भनाइ छ।

प्रकाशित: २०८३ भदौ २६ गते शुक्रबार ११:५९
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना