काठमाडौँ: बुधबारको करेक्सनपछि बिहीबार सेयर बजारमा पुन: हरियाली छाएको छ। साताको पहिलो र दोस्रो कारोबार दिन सेयर बजार बढेकोमा तेस्रो कारोबार दिन करेक्सनमा गएको थियो।
बुधबार २१.१९ अंकले घटेको बजार यसदिन ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको छ।
आज १३ उपसमूहमध्ये लगानी र अन्य उपसमूहबाहेक अन्य ११ उपसमूहको सेयर बढेको छ।
यसदिन कारोबार रकम पनि बढेको छ। बुधबार ५ अर्ब ३८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बिहीबार ५१ हजार ७२८ पटकको कारोबारमा ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँको १ करोड ३६ लाख १० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।