काठमाडौँ: धेरै प्रतिकूल परिस्थितिबीचमा एयर इन्डिया लिमिटेडको एकीकृत नोक्सान बढेर कीर्तिमानी स्तरमा पुगेको छ। एयर इन्डियाको नोक्सान बढेर २ खर्ब २२ अर्ब ३८ करोड भारु पुगेको छ।
मार्च २०२६ मा समाप्त हुने आर्थिक वर्षमा अघिल्लो वर्ष १ खर्ब ८ अर्ब ५८ करोड भारु घाटा भएको थियो। एक वर्षमा एयर इन्डियाको नोक्सान दोब्बर बढेको प्रेस ट्रष्ट अफ इन्डिया(पीटीआई) लो जानकारी दिएको छ।
पीटीआईले प्राप्त गरेको नियामक फाइलिङ अनुसार, उक्त अवधिमा टाटा समूहको स्वामित्वमा रहेको वायुसेवा कम्पनीको कुल आम्दानी २०२४/०२५ मा ७ खर्ब ८६ अर्ब ३५ करोड भारु थियो। घटेर ७ खर्ब १८ अर्ब ६९ करोड भारुमा सीमित भएको छ। एकीकृत तथ्यांकमा एयर इन्डिया एक्सप्रेसको पनि वित्तीय विवरण पनि समावेश छ।
गत वर्ष जुनमा २६० जनाको ज्यान जाने गरी भएको बोइङ एआई १७१ दुर्घटनापछि एयर इन्डियाले भूराजनीतिक अवरोध, हवाई क्षेत्र बन्द, इन्धनको मूल्यमा अस्थिरता र अन्य विभिन्न सञ्चालन समस्यासहित धेरै चुनौतीहरूसँग जुधिरहेको छ।
एयर इन्डियाको आर्थिक संकट गहिरिदै, टाटा र सिङ्गापुर एयरलाइन्ससँग माग्यो डेढ अर्ब डलर
नियामक फाइलिङमा गत आर्थिक वर्षमा कुल खर्च एक वर्ष अघि ८ खर्ब ९३ अर्ब १७ करोडबाट बढेर ९ खर्ब ३७ अर्ब ३३ करोड भारु पुगेको छ। जुन एयर इन्डिया एक्सप्रेसकोसमेत हो।
आर्थिक वर्ष २०२६ मा एयर इन्डियाको विमान मर्मतसम्भार लागत १ खर्ब ३९ अर्ब १ करोडबाट बढेर १ खर्ब ४९ अर्ब ७६ करोड भारु पुगेको छ। जबकि इन्धन खर्च अघिल्लो वर्षको सोही अवधिको २ खर्ब ९० अर्ब २३ करोडबाट घटेर २ खर्ब ६८ अर्ब ७१ करोड भारुमा सीमित भएको छ।
यस अवधिमा, विदेशी मुद्रा घाटा गत आर्थिक वर्षमा १५ अर्ब ४५ करोडको तुलनामा बढेर ७ खर्ब ३८ अर्ब ८२ करोड भारु पुगेको छ। पीटीआईले उद्धृत गरेको फाइलिङअनुसार, मूल कम्पनीले आफ्नो उड्डयन हल र दायित्व बीमा नीतिहरूअन्तर्गत पर्याप्त रूपमा कभर गरेको छ।
माउ कम्पनीले आफ्नो बीमाअन्तर्गत विमानको क्षति र सम्बन्धित आकस्मिक लागतको लागि बीमाकर्ताबाट सहमत रकम प्राप्त गरेको छ।
टाटा ग्रुप: एयर इन्डियादेखि धेरै बिजनेस घाटामा, उत्तराधिकारी को? सहज छैन अवस्था
एयर इन्डियाको मात्र घाटा आर्थिक वर्ष २०२६ मा बढेर १ खर्ब ५३ अर्ब ६७ करोड भारु पुगेको छ। जुन अघिल्लो वर्षको ३९ अर्ब ७५ करोड भारु थियो। यसमा एक्सप्रेसको समावेश गरिएको छैन्।
टाटा समूहको स्वामित्वमा रहेको कम्पनीको एकल कुल आम्दानी ६ खर्ब ४३ अर्ब ४३ करोडबाट घटेर ५ खर्ब ३६ अर्ब ६२ करोड भारुमा सीमित भएको छ।
जुलाईमा जारी गरिएको टाटा सन्सको वार्षिक प्रतिवेदन २०२५०२६ मा अध्यक्ष नटराजन चन्द्रशेखरनले भनेका थिए “एयर इन्डियाको रूपान्तरण यात्रालाई प्रमुख घटकहरूमा वर्षौंदेखिको आपूर्ति श्रृङखला अवरोध, विरासत प्रणाली, संस्कृति भएका कारण पाँच देखि १० वर्षको यात्राको रूपमा हेर्नुपर्छ।
ठूलो नोक्सान भएपछि कम्पनीले आफ्नो वित्तीय संकट टार्न लगानीकर्ताहरूसँग १ अर्ब ५० करोड अमेरिकी डलर नयाँ पुँजी माग गरेको छ। एयर इन्डियाले आफ्ना लगानीकर्ता टाटा सन्स र सिङ्गापुर एयरलाइन्सबाट बराबरको नयाँ स्वपुँजी (इक्विटी) जुटाउने प्रयास गरिरहेको रोयटर्सले जानकारी दिएका हो।
सन् २०२२ मा टाटाले सरकारी वायुसेवा कम्पनीको स्वामित्व लिएयता सेयरधनीहरूबाट पुँजी जुटाउन एयर इन्डियाले सार्वजनिक रूपमा गरेको सबैभन्दा ठूलो अनुरोधमध्ये यो एक हुनेछ।
एयर इन्डियामा थप पुँजी लगानीसम्बन्धी कुनै पनि अनुरोधलाई सिङ्गापुर एयरलाइन्सले सावधानीपूर्वक विचार गर्ने बताएको छ। लगानी रणनीतिका विषयमा सांसदबाट प्रश्नहरू उठिरहेका बेला एयरलाइन्सले यस्तो प्रतिक्रिया दिएको हो।
भारतीय एयरलाइन्सको घाटा बढ्दै गएपछि यसमा गरिएको लगानीबारे प्रश्न उठ्न थालेका छन्। सेयरधनीहरूले एयर इन्डियाको कार्यसम्पादनका विषयमा एयरलाइन्स व्यवस्थापनसँग कडा प्रश्न सोधिरहँदा विपक्षी सांसद केनेथ टियोङले भने सिङ्गापुर एयरलाइन्सले एयर इन्डियामा थप लगानी गर्न टेमासेकबाट रकम जुटाउन नहुने बताएका छन्।
सिङ्गापुर सरकारको स्वामित्वमा रहेको लगानी कम्पनी टेमासेक सिङ्गापुर एयरलाइन्सको मुख्य सेयरधनी हो।