काठमाडौँः नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा शुक्रबार सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको हो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य प्रतितोला १ सय ५० रुपैयाँले बढेको हो।


