२०८३ असोज ४ गते आईतबार

बढ्यो नेप्से, कुमारी बैंकको कारोबार उच्च

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २
nepse2

काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। अघिल्लो दिन सामान्य करेक्सनपछि बढेर बन्द भएको बजारले शुक्रबार पनि वृद्धिको क्रमलाई निरन्तरता दिएको हो।

शुक्रबार नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेको छ।

नेप्सेसँगै शुक्रबार कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार कारोबार रकम बढेर ६ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

यस दिन ३४५ वटा स्टकको २ करोड १२ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।  आज स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयरमूल्य १३.६६ प्रतिशतले बढेको हो।

त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। यता, हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य भने शुक्रबार सर्वाधिक घटेको छ। कम्पनीको सेयरमूल्य १५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शुक्रबार कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३२ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। समग्रमा साताको अन्तिम कारोबार दिन बजार परिसूचकसँगै कारोबार रकमसमेत बढेको छ।

प्रकाशित: २०८३ असोज २ गते शुक्रबार ०३:२९
प्रतिक्रिया

थप समाचार

कालिका लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँः कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो । संस्थाले...

राष्ट्रिय वाणिज्य बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो स्वीकृति

काठमाडौँः राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त...

आईपीओ निष्काशनमा कडाइ गरिँदै, कम्पनीले के–के पक्रिया पूरा गर्नुपर्छ?

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मा जाने कम्पनीका लागि वित्तीय अवस्था मात्रै नभई संस्थागत सुशासन, पारदर्शिता र वित्तीय अनुशासनसमेत कडाइका साथ परीक्षण...

सार्वजनिक निष्कासनको योग्यता निर्देशिका २०८३ को मस्यौदा सार्वजनिक, ७ दिनभित्र सुझाव दिन आग्रह

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्कासन प्रणालीलाई थप निष्पक्ष, व्यवस्थित र विश्वसनीय बनाउन तयार गरिएको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’...

करेक्सनपछि फेरि बढ्यो सेयर बजार, साढे ५ अर्बको कारोबार

काठमाडौँ: बुधबारको करेक्सनपछि बिहीबार सेयर बजारमा पुन: हरियाली छाएको छ। साताको पहिलो र दोस्रो कारोबार दिन सेयर बजार बढेकोमा तेस्रो कारोबार दिन करेक्सनमा गएको थियो। बुधबार २१.१९ अंकले घटेको...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना