२०८३ असोज १८ गते आईतबार

आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिप रिसोर्टले पायो पाँचतारे डिलक्स मान्यता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ६
tulip

काठमाडौं। चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिपले पाँचतारे डिलक्स मान्यता प्राप्त गरेको छ। पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण मान्यता प्रदान गरेको हो। रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित छ।

कम्पनीले करिब तीन साताअघि पर्यटन विभागमा स्तरीकरणका लागि निवेदन दिएको थियो। निवेदनपछि विभागका निर्देशकसहितको चार सदस्यीय टोली रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा तोकिएका मापदण्ड पूरा गरेको पाइएपछि विभागले रिसोर्टलाई पाँचतारे डिलक्सको मान्यता दिएको हो।

सरकार, पर्यटन विभागद्वारा देशभर रहेका होटलहरु मध्ये हालसम्म यस प्रकारको पाँचतारे डिलक्सको मान्यता अन्य तीन होटललाई दिएको देखिन्छ।

उपलब्ध भएसम्मका स्थानीय निर्माण सामग्रीहरु जस्तै काठ–फर्निचर, ढुंगा टायल र ढुंगाले छाएको छाना, जुटबात निर्मित गलैंचा, स्थानीय आर्टिस्टले काठमा गरेको पेन्टिङ, स्थानीयले बनेको सजावका सामानहरु, मान्द्रो आदिको व्यापक प्रयोग गरिएको उक्त रिसोर्टमा नेपालीपन झल्काउने थुप्रै कुराहरु समेटिएका छन्।

विभागबाट रिसोर्ट निरीक्षण गर्न पुगेका अधिकारीहरुले रोयल टुलिप चितवनले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सञ्चालित वातावरणमैत्री टुलिप रिसोर्टले नेपाली आतिथ्यताको नयाँ मानक बनाएको र यसलाइ निरन्तता दिने विश्वास समेत व्यक्त गरेका थिए।

राप्ती नदी समिप जनकौली र कुमरोज सामुदायिक वन नजिकै ४.१२ एकड क्षेत्रफलमा फैलिएको रोयल टुलिप चितवनमा ६५ वटा आधुनिक कोठा छन्। रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब र हेलिप्याडलगायत रिभोल्भिंग रेस्टुरेन्ट समेतका सुविधा छन्।

त्यसका साथै नेपालमै पहिलोपटक ‘तनावीबार’ सञ्चालन गरिरहेको छ। मध्यरात मनोरञ्जनका लागि छुट्टै ‘स्पोट्र्सबार’ समेत सञ्चालन भइरहेको छ।

यसको सञ्चालन अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौताअनुसार भइरहेको छ। कम्पनीले सन् २०२५ जुलाईदेखि रिसोर्टको सफ्ट ओपनिङ सुरु गरी डिसेम्बर मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो।

यसैबीच, केटीएम हस्पिटालिटीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता (कूल १५ करोड ५० लाख रुपैयाँ बराबर) साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई डबल बी माइनस स्कोर प्रदान गरेको छ। रिसोर्टको कूल परियोजना लागत करिब १ अर्ब ७० करोड ५ लाख रुपैयाँ रहेको।

आईपीओपछि ऋण–स्वपूँजी अनुपात ६१.५ः ३८.५ कायम हुनेछ। रेटिङ प्रतिवेदनले अन्तर्राष्ट्रिय ब्रान्ड आबद्धता र अनुभवी प्रवद्र्धक समूहलाई कम्पनीको सबल पक्षका रूपमा औंल्याएको छ।

केटीएम हस्पिटालिटी २०८१ असार २५ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीको नेतृत्व केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर शाहले गरिरहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा नेपालको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्य हो। रोयल ट्युलिप चितवनको स्तरीकरणले चितवनलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन बजारसँग थप जोड्ने र क्षेत्रको पर्यटन उद्योगमा सकारात्मक सन्देश दिने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।

 

 

प्रकाशित: २०८३ असोज ६ गते मङ्गलबार ०७:२०
प्रतिक्रिया

थप समाचार

सस्तो इन्टरनेटका प्याकेज बन्द गर्ने तयारी, आईएसपीले बढ्दो लागतलाई देखायो कारण

काठमाडौँः इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले आगामी सोमबारदेखि हाल उपलब्ध गराउँदै आएका सस्तो मूल्य र कम गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन नसक्ने बताएका छन्। आईएसपीहरूको तर्फबाट जारी प्रेस...

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माछापुच्छ्रे’

काठमाडौँ: माछापुच्छ्रे बैंकले ग्राहकलाई सहज र स्मार्ट बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट सार्वजनिक गरेको छ। बैंकले ग्राहकका नियमित बैंकिङसम्बन्धी जिज्ञासा...

उर्लाबारीका १५० सिटी सफारी चालकलाई कामना सेवा विकास बैंकले दियो भिजिबिलिटी ज्याकेट

काठमाडौँ: कामना सेवा विकास बैंक लिमिटेडले मोरङको उर्लाबारीमा १५० जना सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत...

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ: कुमारी बैंक लिमिटेडका ग्राहकले ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलका विभिन्न सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। कुमारी बैंक र होटलबीच ग्राहकलाई होटल तथा रेस्टुरेन्टका...

हिमालय एयरलाइन्सद्वारा काठमाडौँबाट चीनको हाङझाउमा सिधा उडान सुरु

काठमाडौँः हिमालय एयरलाइन्सले काठमाडौँ–हाङझाउ–काठमाडौँ रुटमा सिधा उडान सेवा सुरु गरेको छ। कम्पनीले नेपाल र चीनबीच हवाई सम्पर्क विस्तार गर्ने उद्देश्यसहित सेप्टेम्बर ३० (असोज) १४ गते) देखि...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना