२०८३ कार्तिक १२ गते बुधबार

कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ८
inmark

काठमाडौँ: डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित नयाँ प्लेटफर्म ‘इनमार्क’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममार्फत क्रिएटर इकोनोमी र डिजिटल मार्केटिङलाई व्यवस्थित गर्ने ‘अल-इन-वन अपरेटिङ सिस्टम’का रूपमा यो प्लेटफर्म सार्वजनिक गरिएको हो।

विश्वव्यापी रूपमा ४०० अर्ब डलरभन्दा बढी आकार ओगटिसकेको क्रिएटर इकोनोमी नेपाललगायत विश्वभर अझै पनि धेरै हदसम्म म्यानुअल प्रक्रियामै निर्भर छ। कन्टेन्ट क्रिएटरहरूले स्पोन्सरसिप पाउन सामाजिक सञ्जालमा म्यासेज पठाउने, व्यक्तिगत पहुँच खोज्ने र पारिश्रमिकमा मोलमोलाइ गर्नुपर्ने झन्झट व्यहोर्दै आएका छन्। अर्कोतर्फ, ब्रान्डहरूलाई पनि आफ्नो उत्पादन र लक्षित दर्शकसँग ठ्याक्कै मेल खाने क्रिएटर पहिचान गर्न तथा सयौँ क्रिएटरहरूसँग म्यानुअल रूपमा समन्वय गर्न निकै कठिन हुने गरेको छ।

इनमार्कले यी सम्पूर्ण उल्झनलाई अन्त्य गर्दै डेटा र एआई इन्टेलिजेन्सको मद्दतले क्रिएटर र ब्रान्डलाई सीधै जोड्ने काम गर्नेछ।

इनमार्कमा आबद्ध भएपछि कन्टेन्ट क्रिएटरहरूले काम खोज्न समय खेर फाल्नु नपर्ने कम्पनीले जनाएको छ। प्लेटफर्मको एआईले क्रिएटरको कन्टेन्ट शैली, पुराना क्याम्पेन र दर्शकको विश्लेषण गरी उपयुक्त ब्रान्डहरूसामु प्रोफाइल सीधै पुर्‍याउनेछ। यसका साथै स्क्रिप्ट लेखन, कन्टेन्ट अप्टिमाइजेसन, एसईओ तथा स्वचालित रिपोर्टिङमा समेत एआईले सहजीकरण गर्नेछ। मूल्य निर्धारण, सम्झौताका सर्तहरू र कन्टेन्टको बौद्धिक स्वामित्व प्लेटफर्ममै सुरक्षित रहने भएकाले क्रिएटरहरूले परम्परागत प्लेटफर्म मोनिटाइजेसनभन्दा माथि उठेर ब्रान्ड सहकार्यमार्फत नियमित आम्दानी गर्न सक्नेछन्।

परम्परागत विज्ञापन शैली कन्टेन्ट मार्केटिङतर्फ मोडिएको वर्तमान परिप्रेक्ष्यमा ब्रान्ड तथा मार्केटिङ एजेन्सीहरूलाई पनि यो प्लेटफर्म उत्तिकै प्रभावकारी हुनेछ। ब्रान्डहरूले भिडियो वा भ्वाइस नोट रेकर्ड गरेकै भरमा एआईले क्याम्पेनको ब्रिफ तथा ह्यासट्यागहरू तयार पारिदिने व्यवस्था गरिएको छ। साथै, ‘एआई फिट स्कोर’का आधारमा ब्रान्डको बजेट र लक्षित दर्शकसँग ठ्याक्कै मेल खाने क्रिएटरहरू सिफारिस हुनेछन्। ब्रान्डहरूले सयौँ वा हजारौँ क्रिएटरले बनाएका भिडियोहरू निर्धारित ब्रिफ र स्क्रिप्ट अनुसार छन् वा छैनन् भनी एआईमार्फत एकैपटक अडिट गर्न सक्नेछन्। यसले गर्दा विज्ञापन सही दर्शकसम्म पुगी लगानीको उचित प्रतिफल सुनिश्चित हुने कम्पनीको दाबी छ।

क्रिएटर र ब्रान्ड दुवैले सामाजिक सञ्जाल अकाउन्टमार्फत ‘वान-क्लिक’ लगइन गरी सेवा लिन सक्नेछन्।

प्रकाशित: २०८३ असोज ८ गते बिहिबार ०१:२५
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना