काठमाडौँ: भारत सरकारले नेपाल र बंगलादेशबाट जुट आयातमा एन्टी डम्पिङ शुल्क परिमार्जन गरेको छ। जसमा उत्पादन र उत्पादकको आधारमा विशिष्ट उत्पादकहरूका लागि शून्य शुल्क र बाँकीका लागि उच्च दर तोकिएको छ।
भारतको वित्त मन्त्रालयको संशोधित शुल्क संरचनाले जुटको धागो र ट्वाइन, हेसियन कपडा र जुटको बोराका झोलाहरूलाई समेट्नेछ।
डिसेम्बर २०२२ मा लगाइएको विद्यमान एन्टी डम्पिङ डम्पिङ शुल्कको बाँकी अवधिको लागि लागू हुनेछ।
