काठमाडौँ: जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु गरेको छ। मेलाको अवसरमा टीभीएसका दुई नयाँ मोडल एनटर्क १५० र अपाचे आरटीआर २०० ४भी प्रोजेक्टर हेडलाम्प विथ यूएसडी सार्वजनिक गरिएको छ।
मेलामा सार्वजनिक गरिएको एनटर्क १५० को मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ। त्यस्तै, नयाँ अपाचे आरटीआर २०० ४भीको परिचयात्मक मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।
अपाचे आरटीआर २०० ४भीमा प्रोजेक्टर हेडलाम्प र अपसाइड–डाउन (यूएसडी) फ्रन्ट फोर्क राखिएको छ। यो मोटरसाइकल म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ।
जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले एनटर्क १५० र नयाँ अपाचे आरटीआर २०० ४भीले टीभीएसका ग्राहकलाई नयाँ विकल्प उपलब्ध गराउने बताइन्।
मेलामा पुरानो दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गर्दा १०० प्रतिशतसम्म क्यासब्याक, गोल्ड की वा १० लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर रहेको कम्पनीले जनाएको छ। एक्सचेन्जका लागि स्थलमै ५० भन्दा बढी भ्यालुएटरको व्यवस्था गरिएको छ।
त्यस्तै, मेलामा हरेक दिन दुई जना भाग्यशाली ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिस, नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा फाइनान्स सुविधा तथा टीभीएसका विभिन्न मोडलको टेस्ट राइडको व्यवस्था गरिएको छ।
भृकुटीमण्डपमा जारी मेला अक्टोबर ४ सम्म सञ्चालन हुनेछ। मेला हरेक दिन बिहान १० बजेदेखि खुला रहने कम्पनीले जनाएको छ।


