काठमाडौंँ: एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ। ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकको ३२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीलाई बोनस र नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। नगद लाभांशमा बोनस सेयरमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
सभाले प्रस्तावित बोनस सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ।
यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि जीपी राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मतिले पारित गरेको छ।


