२०८३ कार्तिक १३ गते बिहिबार

लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १४
IMG_4985 (2)

काठमाडौँ: टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ कार्यक्रमलाई देशका विभिन्न प्रमुख शहरमा विस्तार गरेको छ।

बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा सम्पन्न कार्यक्रममार्फत ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक प्रत्यक्ष रूपमा सहभागी भएका छन्।

अटोमोटिभ बजारसँगको प्रत्यक्ष सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमलाई कम्पनीले उत्पादन प्रवद्र्धनमा मात्र सीमित नराखी व्यवसायी तथा प्राविधिकसँग प्रत्यक्ष संवाद गर्ने प्लेटफर्मका रूपमा अघि बढाएको जनाएको छ।

कार्यक्रममा रिटेलर, डिलर तथा ग्यारेज मेकानिकसँग लुब्रिकेन्टको प्रयोग, सवारीसाधनअनुसार उपयुक्त उत्पादन छनोट, प्राविधिक आवश्यकता, बजारको अवस्था र ग्राहकको व्यवहारलगायत विषयमा छलफल गरिएको थियो।

कम्पनीका अनुसार बिर्तामोडमा १०० भन्दा बढी, इटहरीमा ९० भन्दा बढी, विराटनगरमा ११० भन्दा बढी तथा वीरगञ्ज र चितवनमा २०० भन्दा बढी सहभागी भएका थिए। यी पाँच शहरका उपलब्ध तथ्यांकअनुसार कुल सहभागी संख्या ७०० भन्दा बढी पुगेको हो।

कार्यक्रममा टोटल इनर्जिजका विभिन्न उत्पादन तथा तिनको सही प्रयोगबारे प्राविधिक जानकारी आदानप्रदान गरिएको थियो। सवारीसाधनको प्रकार, इन्जिन प्रविधि, सञ्चालन अवस्था र निर्माता कम्पनीको सिफारिस अनुसार सही भिस्कोसिटी तथा ग्रेडका लुब्रिकेन्ट छनोट गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा सहभागी रिटेलर तथा मेकानिकले टोटल इनर्जिजका उत्पादन प्रयोगसम्बन्धी आफ्ना व्यावहारिक अनुभव तथा प्रतिक्रिया समेत सेयर गरेका थिए।

कम्पनीले ‘ग्यारेज चौतारी’ मार्फत ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोटिभ व्यवसायीबीच प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्ने गतिविधि समेत सञ्चालन गर्दै आएको छ।

बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा कार्यक्रम सम्पन्न गरेपछि लक्ष्मी ल्युब आयलले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरमा पनि ‘रिटेलर एन्ड प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ आयोजना गर्ने तयारी गरेको छ।

प्रकाशित: २०८३ असोज १४ गते बुधबार ०४:४७
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना