२०८३ असोज १८ गते आईतबार

प्रसारण लाइन र ब्याट्री भण्डारण क्षमता विस्तारमा एडीबीको सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १६
nea_adb

काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले नेपालमा विद्युत् प्रसारण र ब्याट्री भण्डारण क्षमता विस्तारका लागि निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक–निजी साझेदारी (पीपीपी) अन्तर्गत दुईवटा कारोबार परामर्श सेवा (टीएएस) सम्झौता गरेको छ।

नेपालमा एडीबीले पीपीपीअन्तर्गत गरेको यो पहिलो कारोबार परामर्श सेवा सम्झौता हो। सम्झौतामा एडीबीका नेपालका लागि देशीय निर्देशक अर्नाउड काउचोइस र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

एडीबीका निर्देशक काउचोइसले नेपालमा विद्युत् पहुँचमा उल्लेखनीय सुधार भएको बताउँदै अब बिजुलीको भरपर्दो घरेलु आपूर्ति र निरन्तर विद्युत् निर्यात क्षमता विस्तारमा ध्यान दिनुपर्ने बताए।

त्यसका लागि प्रसारण तथा ब्याट्री भण्डारण पूर्वाधारको समयमै विस्तार आवश्यक रहेको र निजी क्षेत्रको सहभागिताले लगानी, प्राविधिक क्षमता तथा दक्षता परिचालन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

सम्झौताअनुसार एडीबीले एनईएलाई सम्भाव्यता अध्ययन, परियोजना सम्झौता तयारी, खरिद प्रक्रिया, बोलपत्र तथा ठेक्का प्रक्रियाका साथै क्षमता अभिवृद्धिमा सहयो क्षमताको तिङ्ला–न्यू खिम्ती–ढल्केबर प्रसारण लाइनको डिजाइन, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन तथा मर्मतसम्भारका लागि पीपीपी मोडलमा सहयोग गरिनेछ।

उक्त परियोजनाले विद्युत् प्रणालीको विश्वसनीयता बढाउनुका साथै नवीकरणीय ऊर्जाको प्रणालीमा थप एकीकरण र गर्नेछ। यी दुई परियोजनाबाट २० करोड अमेरिकी डलरभन्दा बढी निजी क्षेत्रको लगानी परिचालन हुने अपेक्षा गरिएको छ।

पहिलो सम्झौताअन्तर्गत करिब १३४ किलोमिटर लामो ४०० किलोभोल्ट क्षमताको तिङ्ला–न्यू खिम्ती–ढल्केबर प्रसारण लाइनको डिजाइन, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन तथा मर्मतसम्भारका लागि पीपीपी मोडलमा सहयोग गरिने भएको छ।

उक्त परियोजनाले विद्युत् प्रणालीको विश्वसनीयता बढाउनुका साथै नवीकरणीय ऊर्जाको प्रणालीमा थप एकीकरण र क्षेत्रीय विद्युत् व्यापारलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

दोस्रो सम्झौताअन्तर्गत एनईएका चयनित सबस्टेसनमा पीपीपी मोडलमा १०० देखि १५० मेगावाट घण्टा क्षमताको उपयोगितास्तरको बहु–स्थल ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) स्थापना तथा सञ्चालन गरिनेछ।

उक्त ब्याट्री भण्डारण प्रणालीले विद्युत्को उच्च माग हुने समयमा ग्रिडमा देखिने दबाब व्यवस्थापन, परिवर्तनशील नवीकरणीय ऊर्जाको एकीकरण तथा ग्रिड व्यवस्थापन र सहायक सेवामार्फत विद्युत् प्रणालीको स्थिरता र विश्वसनीयता बढाउन सहयोग गर्नेछ।

एनईएका कार्यकारी निर्देशक श्रेष्ठले एडीबीसँगको सहकार्यले रणनीतिक महत्वका प्रसारण लाइन तथा ब्याट्री ऊर्जा भण्डारण परियोजनालाई अघि बढाउन, निजी क्षेत्रको लगानी आकर्षित गर्न र नेपालको विद्युत् क्षेत्रको दीर्घकालीन विकास तथा दिगोपनामा सहयोग पुग्ने बताए।

एडीबीका अनुसार यी परियोजनाले नेपालको विद्युत् प्रणालीलाई थप सुदृढ बनाउनुका साथै उत्पादन केन्द्रबाट उत्पादित विद्युत् भरपर्दो रूपमा प्रसारण प्रणालीमा प्रवाह गर्न र प्रसारण तथा ब्याट्री ऊर्जा भण्डारण क्षेत्रमा निजी पूँजी परिचालन गर्न सहयोग पुग्नेछ।

प्रकाशित: २०८३ असोज १६ गते शुक्रबार ०८:०८
प्रतिक्रिया

थप समाचार

नयाँ भवन ऐन ल्याउँदै सरकार, नि:शुल्क प्राकृतिक निर्माण सामग्रीदेखि अनुदानसम्मको व्यवस्था

काठमाडौँ: सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित नयाँ भवन ऐन ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको...

निर्माणाधीन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, एक दर्जन यसै वर्ष सकिने

काठमाडौँ। सरकारले मुलुकभर निर्माणाधीन प्रसारण लाइनमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीको मुख्य आधारको रुपमा रहेको...

प्रसारण शुल्क निर्धारणसँगै ऊर्जामा लगानीको नयाँ बाटो खुल्यो

आयोगको यो निर्णयसँगै खुला पहुँच प्रणाली कार्यान्वयनका लागि आवश्यक नियामकीय आधारसमेत तयार भएको छ।

काठमाडौंका यी क्षेत्रमा १० दिनसम्म विद्युत् कटौती हुने

काठमाडौँः काठमाडौं उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ। नेपाल...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना