२०८३ असोज १८ गते आईतबार

कसले पाउला नोबल शान्ति पुरस्कार? २८७ जना दाबेदारमा डोनाल्ड ट्रम्पदेखि मार्क कार्नीसम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १६
nobel

काठमाडाैँ:  यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसहित सुडानका आपत्कालीन राहतकर्मी र युक्रेनका बालअधिकार अभियन्ताको नाम चर्चामा आएको छ।

यस वर्ष पुरस्कारका लागि २८७ जना उम्मेदवार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेर्लोउले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेका बेला अन्तरिक्ष स्टेसन विभिन्न देशबिचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएका छन्।

सम्भावित दाबेदारको सूचीमा युक्रेनी बालअधिकार अभियन्ता माइकोला कुलेबा, सेभ द चिल्ड्रेन, सुडानको आपत्कालीन प्रतिक्रिया कक्ष तथा पत्रकारहरूको सुरक्षा गर्ने कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स पनि छन्। अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ।

यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्यपूर्वमा जारी युद्ध र द्वन्द्वको पृष्ठभूमिमा घोषणा हुँदैछ। सन् १९९७ की नोबेल शान्ति पुरस्कार विजेता जोडी विलियम्सले महिलालाई पुरस्कार दिनुपर्ने अपेक्षा व्यक्त गरेका छन्। चर्चामा रहेका महिला दाबेदारमा गाजाकी शल्य चिकित्सक सारा अल–सक्का र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवा युलिया नाभाल्नायाको नाम छ।

नोबेल पुरस्कार शृङ्खला सोमबार चिकित्साशास्त्रबाट सुरु हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ। यस वर्ष पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ।

प्रकाशित: २०८३ असोज १६ गते शुक्रबार ०२:०४
प्रतिक्रिया

थप समाचार

मूल्यवृद्धि कम गर्न १० करोड ब्यारल डिजल निकासा गर्ने जी सेभेन राष्ट्रहरूको घोषणा

उक्त कदमले आउँदा दिनहरूमा डिजलको पर्याप्त आपूर्तिू सुनिश्चित गर्ने अमेरिकासहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजल निर्यातमा प्रतिबन्ध...

विश्व बजारमा खाद्यान्नको मूल्य बढ्यो, चिनीको भाउ ६.१ प्रतिशत वृद्धि

यूएनका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार संघको खाद्य तथा कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक सेप्टेम्बरमा औसत १३६ अंक पुगेको छ।

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

भारतीय सेयर लगानीकर्ताले गुमाए २६० खर्ब भारु, कोभिड काल र वित्तीय संकटभन्दा ठूलो असर

भारतीय सेयर बजारले लगातार आठ सातासम्म गिरावट व्यहोर्दै पछिल्लो २५ वर्षकै लामो साप्ताहिक गिरावटको रेकर्ड बनाएको छ। सन् २०२० को कोभिड महामारी र सन् २००८ को विश्वव्यापी वित्तीय संकटको समयमा...

भारतीय सेयर बजारमा भारी गिरावट, एकै दिन सेन्सेक्स १२०० अंक घट्यो

बजारमा आएको तीव्र गिरावटका कारण बम्बे स्टक एक्सचेन्ज (बीएसई) मा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण करिब १० लाख करोड भारतीय रुपैयाँले घटेको छ। यससँगै बीएसईको कुल बजार पुँजीकरण ४६२ लाख करोड...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना