२०८३ असोज १९ गते सोमबार

उच्च आर्थिक वृद्धि हासिल गर्न उत्पादनमा आधारित अर्थतन्त्र बढाउने कांग्रेसको नीति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
photo_301b095b_1407594e

काठमाडौं। नेपाली कांग्रेसले आयातमा निर्भर अर्थतन्त्रको संरचना बदल्दै आन्तरिक उत्पादन र उत्पादकत्व बढाउने आर्थिक नीति अघि सारेको छ। कांग्रेसको प्रस्तावमा उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्न आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिइएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रस्तुत ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ प्रस्तावले अहिले नेपालको अर्थतन्त्रमा देखिएका प्रमुख चुनौतीमा कमजोर उत्पादकत्व र आयात निर्भरतालाई पनि समेटेको छ। प्रविधि तथा स्रोतमा पहुँचको खाडल र बढ्दो सामाजिक सुरक्षाको दायित्वसँगै यी समस्यालाई सम्बोधन गर्न आर्थिक विकासको नयाँ ढाँचा आवश्यक रहेको प्रस्तावमा उल्लेख छ।

कांग्रेसले परम्परागत रूपमा राज्यको प्रत्यक्ष नियन्त्रण बढाउनेभन्दा बजारको गतिशीलता र राज्यको सक्षम नियमनलाई सँगसँगै अघि बढाउने आर्थिक दृष्टिकोण प्रस्ताव गरेको छ। बजारले उत्पादन, सम्पत्ति र रोजगारी सिर्जना गर्ने तथा राज्यले नागरिकको क्षमता विकास, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने उसको अवधारणा छ।

प्रस्तावमा निजी क्षेत्रलाई समृद्धिको प्रमुख संवाहकका रूपमा स्थापित गर्ने नीति अघि सारिएको छ। निजी लगानी बढाउन नीतिगत स्थिरता, स्वस्थ प्रतिस्पर्धा र लगानीमैत्री वातावरण निर्माण गर्ने तथा सरकारलाई कुशल र पारदर्शी नियामकको भूमिकामा सीमित गर्ने प्रस्ताव गरिएको छ।

कांग्रेसले उत्पादनमुखी अर्थतन्त्रलाई आर्थिक नीतिको तीन प्रमुख आधारमध्ये एक मानेको छ। त्यसअन्तर्गत उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्न आन्तरिक उत्पादनमा आधारित आर्थिक वृद्धिलाई प्राथमिकता दिने उल्लेख छ।

यसले आयातमा निर्भर उपभोगमुखी संरचनाबाट उत्पादन र रोजगारी सिर्जना गर्ने अर्थतन्त्रतर्फ जाने कांग्रेसको नीतिगत दिशा देखाउँछ।

कांग्रेसले आन्तरिक उत्पादन विस्तारको आधारका रूपमा युवाको उद्यमशीलतालाई पनि अघि सारेको छ। प्रस्तावमा युवालाई श्रम बजारका कामदारका रूपमा मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र सम्पत्ति सिर्जनाका वास्तविक साझेदार बनाउने उल्लेख छ।

प्रकाशित: २०८३ असोज १९ गते सोमबार ०३:०९
प्रतिक्रिया

थप समाचार

कांग्रेसको आर्थिक नीतिः निजी क्षेत्र सम्पत्ति निर्माण, उत्पादन, नवप्रवर्तन र रोजगारीको मुख्य इन्जिन

निजी लगानीको सुरक्षा, नीतिगत स्थिरता र व्यापार गर्न सहज वातावरण बनाउँदै सरकार र निजी क्षेत्रको सम्बन्धलाई नियमन तथा कर असुलीबाट सहकार्य र साझेदारीतर्फ लैजाने प्रस्ताव उनको प्रतिवेदनमा उल्लेख...

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...

नेप्से सुधारदेखि आईपीओ प्रणाली पुनरावलोकनसम्म, अर्थ समितिका ५ निर्देशन

काठमाडौँः नेपाली पुँजी बजारमा देखिँदै आएका कानुनी अस्पष्टता, प्रविधिगत कमजोरी र अस्वस्थ कारोबार नियन्त्रणका लागि प्रतिनिधिसभाको अर्थ समितिले सरकार तथा नियामक निकायलाई कडा निर्देशन दिएको...

भारतद्वारा जुट आयातमा एन्टी डम्पिङ शुल्क परिमार्जन

काठमाडौँ: भारत सरकारले नेपाल र बंगलादेशबाट जुट आयातमा एन्टी डम्पिङ शुल्क परिमार्जन गरेको छ। जसमा उत्पादन र उत्पादकको आधारमा विशिष्ट उत्पादकहरूका लागि शून्य शुल्क र बाँकीका लागि उच्च दर तोकिएको...

सेयर किन्न सजिलो, बेच्न झन्झट ! नयाँ नियमले बढायो झमेला

१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका ‘आधारभूत सेयरधनी’ले आफूले धारण गरेको सेयरको ५ प्रतिशतभन्दा बढी बिक्री गर्नुपरेमा कम्तीमा १५ दिन अगावै सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने व्यवस्था...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...
beema_pradhikaran
बीमा

रसुवा बाढीमा भएको क्षतिमा झण्डै २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ? 

काठमाडौँः गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना