२०८३ असोज ३० गते शुक्रबार

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
global1_97ea89f4

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ २०२६ आगामी डिसेम्बर ४ र ५ (मंसिर १८–१९, २०८३ विसं)मा ऐतिहासिक सहर जनकपुरधाममा आयोजना हुने भएको छ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)द्वारा मधेस सरकार र मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा तथा नेपाल सरकार, मधेस प्रदेशस्थित स्थानीय निकायहरू एवं अन्य संघसंस्थाको सहयोगमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना उक्त सम्मेलन आयोजना गर्न लगिएको हो।

सम्मेलनको मुख्य नारा ‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोल्याबरेसन’ र मूल सन्देश नेपाल अब ‘ब्रेन ड्रेन’बाट ‘ब्रेन सर्कुलेसन’ हुँदै ‘ब्रेन गेन’तर्फ अघि बढ्नुपर्ने रहेको छ।

सम्मेलनमा नेपाली स्वास्थ्यकर्मीहरूको विदेश पलायनलाई मानव स्रोतको क्षतिका रूपमा मात्र नहेरी ज्ञान हस्तान्तरण, क्षमता विकास, नवप्रवर्तन, लगानी र स्वास्थ्य प्रणाली सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्ने विषयमा छलफल गरिने छ ।

सम्मेलनबारे जानकारी दिन बुधवार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ आयोजक समितिका अध्यक्ष प्राडा सुनिल साहले नेपाल र विश्वभर रहेका स्वास्थ्य क्षेत्रका विज्ञलाई जनकपुरमा सहभागी हुन आह्वान गर्दै विदेशमा कार्यरत नेपाली जनशक्तिलाई स्वदेश फिर्ता गर्ने उपयुक्त वातावरण बनाएर नेपालको स्वास्थ्य प्रणाली बलियो बनाउनेबारे सम्मेलनमा छलफल गरिने जनाए ।

उनले सम्मेलनलाई दुई दिनको छलफलमा मात्र सीमित नगरी दीर्घकालीन साझेदारी र मापनयोग्य प्रतिबद्धतामा परिणत गर्ने प्रयास गरिनुका साथै भिजिटिङ फ्याकल्टी कार्यक्रम, विशेषज्ञ तालिम, अनुसन्धान सहकार्य, अस्पताल तथा विश्वविद्यालयबिच साझेदारी, मेन्टरसिप कार्यक्रम, डिजिटल हेल्थ पहल तथा डायस्पोरा लगानीका अवसर सिर्जना गर्ने विषयलाई पनि अघि बढाइने बताए ।

यसैगरी ग्लोबल हेल्थ कन्फरेन्स वैज्ञानिक समितिका अध्यक्ष तथा बेलायतस्थित युनिभर्सिटी अफ चेस्टरका डीन प्राडा पदम सिम्खडाले सम्मेलनमार्फत विश्वभर रहेका नेपाली स्वास्थ्य विज्ञ र नेपालको स्वास्थ्य क्षेत्रबिच दीर्घकालीन सहकार्यको आधार तयार हुने अपेक्षा व्यक्त गरे ।

उनले सम्मेलनमा प्रख्यात जनस्वास्थ्यविद् प्रा जेनी ह्यारिस लगायत ५० जना भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिकहरू सहभागी हुने पुष्टि भई सकेको जनाए ।

उनले मधेस प्रदेशका कतिपय स्वास्थ्य सूचकहरू पुरै देशको तुलनामा न्यून रहेकाले तिनलाई कसरी सुधार्न सकिन्छ भन्ने बारे पनि सम्मेलनमा छलफल गरिने जनाए ।

वैज्ञानिक समितिका सहअध्यक्ष तथा युनिभर्सिटी अफ हडर्सफिल्डमा जनस्वास्थ्य विषयका एसोसियट प्राध्यापक डा राजीव कुमार साहले मधेसको लागि, जन्मभूमिको लागि के गर्न सकिन्छ भन्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए ।

स्थानीय आयोजक समितिका अध्यक्ष एवं मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका उपकुलपति प्राडा अङ्कुर शाहले सम्मेलनले मधेस प्रदेश र जनकपुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न पनि मदत पुग्ने विश्वास व्यक्त गर्दै सबैलाई सम्मेलनमा भाग लिन निमन्त्रणा गरे ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा हेमराज शर्माले संघले विश्व ज्ञान सम्मेलन तथा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेर संसारभरि रहेका नेपाली विज्ञहरूसँग रहेको ज्ञान, सीप र सञ्जाल नेपाल र नेपालीको हितमा उपयोग गर्ने प्रयास गरिरहेको बताए ।

उनले यस सम्मेलनले विश्वभर फैलिएको नेपाली स्वास्थ्य जनशक्तिको ज्ञान, सीप, अनुभव र स्रोतलाई स्वदेशको स्वास्थ्य प्रणालीसँग जोड्न सके नेपालमा थप सक्षम, समतामूलक र दिगो स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुग्ने अपेक्षा पनि व्यक्त गरे ।

अध्यक्ष शर्माले संघले आगामी जनवरी २०२७ मा काठमाडौँमा विश्व ज्ञान सम्मेलन, विश्व महिला सम्मेलन तथा एनआरएन दोस्रो पुस्ता सहभागी सम्मेलन आयोजना गर्न लागेकाले सबैलाई भाग लिन आमन्त्रण गरे ।

एनआरएनएका उपाध्यक्ष डा ज्ञानेन्द्र रेग्मीले धन्यवाद ज्ञापन गर्दै नेपालमा ज्ञान आदानप्रदान गर्न विश्व स्वास्थ्य सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे। त्यस्तै एनआरएनए आइसिसीकी सचिव प्रसुना कँडेलले नर्सहरू कुनै पनि स्वास्थ्य प्रणालीको मेरुदण्ड हुने भएकाले उनीहरूको सीप विकास र निरन्तर पेसागत उन्नतिका बारेमा पनि सम्मेलनमा छलफल गरिने जनाइन् ।

सम्मेलनमा सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद्, अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदार, निजी क्षेत्र तथा विश्वभर रहेका नेपाली स्वास्थ्यकर्मीहरूसमेत झन्डै ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

नेपालका चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता तथा अन्य स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिले विदेशमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्।

सम्मेलनले विदेशमा रहेका नेपाली स्वास्थ्य विज्ञहरूको सीप र अनुभवलाई नेपालको आवश्यकता तथा प्राथमिकतासँग जोड्ने उद्देश्य राखेको छ।

यसैगरी विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई नेपालको स्वास्थ्य प्रणालीमा योगदान गर्ने अवसर सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय अस्पताल तथा विश्वविद्यालयबिच सहकार्य स्थापना गर्ने, चिकित्सा शिक्षा, फेलोसिप, विशेषज्ञ तालिम तथा भिजिटिङ फ्याकल्टी कार्यक्रम विस्तार गर्ने, अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य बढाउने र डिजिटल स्वास्थ्य, टेलिमेडिसिन तथा प्रविधि हस्तान्तरणलाई प्रवद्र्धन गर्ने विषयलाई प्राथमिकता दिइनेछ।

त्यस्तै, विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मी तथा लगानीकर्तालाई नेपालको स्वास्थ्य क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने तथा मधेस प्रदेशसहित स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रको स्वास्थ्य सेवा सुदृढीकरण गर्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ। सम्मेलनले वैदेशिक पलायनलाई उल्ट्याउने तथा डायस्पोरा संलग्नताका व्यावहारिक उपाय विकास गर्दै विश्वव्यापी स्वास्थ्य सहकार्यका लागि दीर्घकालीन राष्ट्रिय ढाँचा निर्माण गर्ने लक्ष्य लिएको छ।

सम्मेलनका लागि जनकपुरधाम छनोट हुनुपनि महत्त्वपूर्ण मानिएको छ। मधेस प्रदेशको राजधानी तथा महत्त्वपूर्ण सांस्कृतिक र शैक्षिक केन्द्रका रूपमा रहेको जनकपुरधामबाट स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई काठमाडौं केन्द्रित सीमाबाट बाहिर विस्तार गर्दै प्रदेश तथा स्थानीय स्वास्थ्य प्रणालीसँग प्रत्यक्ष जोड्ने अवसर सिर्जना हुने विश्वास लिइएको छ।

सम्मेलनको प्रमुख अपेक्षित उपलब्धिमध्ये ‘जनकपुर डिक्लेरेसन अन रिभर्स माइग्रेसन एन्ड ग्लोबल हेल्थ कोल्याबरेसन २०२६’ जारी गर्ने तयारी पनि रहेको छ। उक्त घोषणाले सरकार, विश्वविद्यालय, स्वास्थ्य संस्था, विकास साझेदार तथा विश्वभर रहेका नेपाली स्वास्थ्य समुदायबिच आगामी दिनमा सहकार्यका लागि एउटा साझा ढाँचा प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी अनुसन्धान, शिक्षा, विशेषज्ञ आदानप्रदान, डिजिटल स्वास्थ्य, मेन्टरसिप, स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका क्षेत्रमा निरन्तर सहकार्यका लागि ‘जनकपुर ग्लोबल हेल्थ नेटवर्क’ स्थापना गर्ने लक्ष्य पनि सम्मेलनले राखेको छ।

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स नेपालमा पहिलो पटक हुन लागेको हो। यसअघि पहिलो एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स एटलान्टा (अमेरिका)मा, तेस्रो लन्डन, चौथो सिड्नी र पाँचौँ टोकियोमा भएको थियो। कोभिड १९ महामारीका कारण दोस्रो विश्व सम्मेलन भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो।

प्रकाशित: २०८३ असोज २९ गते बिहिबार १०:५३
प्रतिक्रिया

थप समाचार

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...

युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक

काठमाडौँ। पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ। अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलजस्ता...

धुलिखेल अस्पतालको जनशक्ति ठेक्कामा चलखेल, उजुरीपछि अब के गर्छ प्रशासन?

काभ्रे/धुलिखेल– काठमाडौँ विश्वविद्यालय अन्तर्गत रहेको धुलिखेल अस्पतालको आन्तरिक व्यवस्थापन तथा आपूर्ति सम्बन्धी एक महत्त्वपूर्ण ठेक्का प्रक्रियामा गम्भीर चलखेल भएको आशंका गरिएको छ। धुलिखेल...

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

काठमाडौं महानगरले विपन्नलाई २ लाखसम्म निःशुल्क जलन उपचार गर्ने

काठमाडौँ: काठमाडौं महानगरपालिकाले विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीका लागि २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ। यसका लागि महानगरपालिका र कीर्तिपुर अस्पतालबीच सम्झौता...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना