काठमाडौँः नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमालाई अस्थायी रूपमा बढाएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार ठूला दशैंको अवसरमा असाेज २१ गतेदेखि कार्तिक ८ गतेसम्म र शुभ दीपावली तथा छठ पर्वको अवसरमा कार्तिक २१ गतेदेखि कार्तिक २९ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। चाडपर्व बाहेक भने दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।
यसअघि कायम रहेको सीमालाई पर्व तथा चाडपर्वको समयमा सहज कारोबारका लागि अस्थायी रूपमा बढाइएको हो। सम्बन्धित भुक्तानी सेवा प्रदायकहरूले उक्त अवधिमा भएका कारोबारको संख्या र कुल रकमको विवरण नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने पत्रमा उल्लेख छ।


