२०८३ कार्तिक ५ गते बुधबार

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २
swarnim

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्।

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट तामाङ बम्पर पुरस्कारका लागि छनोट भएकी हुन्। विशाल बजारमा आइतबार आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेता घोषणा गरेका थिए।

विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्म सञ्चालन भएको कार्यक्रममा दैनिक १६ जना विजेताले जनही एक लाख रुपैयाँ पाउनेछन्। पुरस्कार प्राप्त गर्न विजेताले कात्तिक १५ गतेभित्र सक्कल बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

बिल लिने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा क्यूआर भुक्तानीबाट दर्ता भएका कारोबारसमेत गरी ३ करोड ७७ लाखभन्दा बढी कारोबार समावेश भएका थिए।

यस्तै १६ जनाले नगद १ लाख पुरस्कार प्राप्त गरेका छन्।

एक लाख रुपैयाँ हातमा नगद नै पर्नेगरी (१ लाख ३४ हजार ३३४ करकट्टी नगर्दा) र बम्परमा एक जनाले ७ लाख ५० हजार हातमा नै पर्नेगरि (करकट्टी नगर्दा १० लाख ) गरी कुद १७ जना विजेता छनोट गरिएको हो।

यी हुन् १ लाख जित्ने १६ जना

WhatsApp-Image-2026-10-18-at-13.49.14-1792310681.jpeg

प्रकाशित: २०८३ कार्तिक २ गते आईतबार ०३:००
प्रतिक्रिया

थप समाचार

टीकाको उत्तम साइत १०:२६ बजे, कता फर्किने?

काठमाडौँ: हिन्दूहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदैछ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष...

दशैँमा काठमाडौँ छाड्नेको संख्या घट्यो, हालसम्म ५ लाख ७६ हजार फर्किए गृहजिल्ला

गत वर्षको तुलनामा यस वर्ष दशैँमा काठमाडौं उपत्यका छाड्नेको संख्या कम, हालसम्म ५ लाख ७६ हजारभन्दा बढी बाहिरिए काठमाडौं। गत वर्षको तुलनामा यस वर्ष दशैँ मनाउन काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको...

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी: अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका लागि निषेधित मानिएका...

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ: गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८...

लेकसाइडस्थित क्याम्पिङ चौरको मुहार फेरियो

पोखरा: पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको क्याम्पिङ चौरमा वर्षौंदेखि थुपारिएको निर्माणजन्य फोहोर तथा अवशेष हटाई सो चौरलाई सम्याएर प्राकृतिक खुला र हराभरा मैदानका रूपमा विकास गर्न पोखरा...
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
hbl
बैंकिङ

वित्तीय अवस्था कमजोर बन्दै गएपछि हिमालयन बैंकमा सीईओ फेर्न कसरत, नयाँको खोजी हुँदै!

पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल बैंकको अध्यक्ष बनेर आएपछि बैंकको सीईओ फेरबदल गर्ने विषयमा घनिभूत छलफल अघि बढेको छ। बैंकको वित्तीय अवस्था सुधार गर्न नयाँ सीईओ र नायब प्रमुख कार्यकारी अधिकृत...
roshan_rakhal
ब्लग

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
money
पूर्वाधार

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।
urja
पूर्वाधार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा, आशयपत्र दिने तयारी

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आशयपत्र (एलओआई) दिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना