काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भाउचर, विभिन्न उपहार र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन्।
दराजका अनुसार अभियान नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ सम्म सञ्चालन हुनेछ। यस अवधिमा विभिन्न ब्रान्डका सामग्रीमा छुट, दैनिक फ्ल्यास सेल, बैंक तथा डिजिटल वालेटमार्फत भुक्तानी गर्दा अतिरिक्त छुट र निःशुल्क डेलिभरीलगायत सुविधा उपलब्ध हुनेछन्।
चाडपर्वको किनमेललाई सहज र किफायती बनाउने उद्देश्यले ल्याइएको अभियानमा इलेक्ट्रोनिक्स, फेसन, जीवनशैली, सौन्दर्य सामग्री तथा दैनिक उपभोग्य वस्तुका विभिन्न ब्रान्ड सहभागी हुनेछन्।
दराजका प्लाटिनम साझेदार रोह्टो, होनासा, मसलब्लेज, एन्कर, अल्टिमा लाइफस्टाइल, पिलग्रिम, पीसेफ र लभफेस ब्युटीले ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछन्। त्यस्तै, गोल्ड साझेदार ब्रान्डहाउस, प्याम्पर्स, वेदान्त र युनिलिभरका सामग्रीमा पनि ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ।
सिल्भर साझेदार फ्यान्टेक, एम्परस्यान्ड, ब्रान्डहाउस फेसन, अस्टावुल्फ, माटो नेपाल, जेबीएल र गोल्डस्टारका सामग्रीमा भने ८० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
अभियानअन्तर्गत नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर २ बिहान २ बजेसम्म ‘क्रस क्याटेगोरी ब्रान्ड रश आवर’ सञ्चालन हुनेछ। नोभेम्बर २ बिहान ११ बजेदेखि ‘क्रेजी प्राइस ड्रप’ सुरु हुनेछ, जसमा छनोट गरिएका सामग्री विशेष मूल्यमा खरिद गर्न सकिनेछ।
नोभेम्बर ३ देखि ८ सम्म हरेक दिन राति ८ बजेदेखि मध्यरातसम्म फरक–फरक श्रेणीका सामग्रीमा केन्द्रित विशेष कार्यक्रम सञ्चालन हुनेछन्। यसअन्तर्गत नोभेम्बर ३ मा इलेक्ट्रोनिक्स ट्युजडे, नोभेम्बर ४ मा लाइफस्टाइल वेन्सडे, नोभेम्बर ५ मा एफएमसीजी थर्सडे, नोभेम्बर ६ मा दराज च्वाइस फ्राइडे, नोभेम्बर ७ मा फेसन स्याटरडे र नोभेम्बर ८ मा न्यू अराइभल्स सन्डे सञ्चालन हुनेछन्।
छनोट गरिएका विक्रेतामार्फत खरिद गर्दा उपभोक्ताले ३ हजार रुपैयाँसम्मका तिहार भाउचर पनि प्राप्त गर्न सक्नेछन्। दराज च्वाइसका ग्राहकले योग्य सामग्रीमा तीनवटा खरिद गर्दा निःशुल्क डेलिभरी र चारवटा खरिद गर्दा एउटा सामग्री निःशुल्क पाउने सुविधा रहेको कम्पनीले जनाएको छ।
दराजले अभियान अवधिभर अग्रिम भुक्तानीमा अतिरिक्त छुट उपलब्ध गराउन आठवटा बैंकसँग साझेदारी गरेको छ।
योग्य क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २ हजार रुपैयाँसम्मको २० प्रतिशत छुट तथा योग्य डेबिट कार्डबाट भुक्तानी गर्दा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको १५ प्रतिशत छुट पाइनेछ।
दराज ११.११ अभियानमा खरिद गर्ने ग्राहकका लागि विभिन्न उपहार योजना पनि ल्याइएको छ। न्यूनतम १ हजार १११ रुपैयाँको अर्डर गर्ने ११ जना भाग्यशाली ग्राहकले ५० हजार रुपैयाँभन्दा बढी मूल्यका फिलिप्सका सामग्रीको बन्डल जित्ने अवसर पाउनेछन्।
सोही न्यूनतम अर्डर रकम पूरा गर्ने ग्राहकले फिजियो नेपाल, मोडर्न मिराकल्स फर्निचर हब, पीसेफ, डट एन्ड की, स्विफ्ट अन, अल्टिमा लाइफस्टाइल, ब्रान्डहाउस, न्युलाइट, ब्लेस अनलाइन, रोह्टो र पोसिलो फुड्सका सामग्री समावेश गरिएका दैनिक उपहार योजनामा पनि सहभागी हुन सक्नेछन्।


