एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले सामना गरिरहेका बढ्दो चुनौतीहरूलाई उजागर गरेको छ। जबकि बीवाइडी विद्युतीय गाडीको विदेशी बिक्री भने निरन्तर तीव्र गतिमा बढिरहेको छ।
बीवाईडीको खुदनाफा गत वर्षको तुलनामा २८ प्रतिशत बढेर १०.०२ अर्ब युआन (१.५ अर्ब डलर) पुगेको छ। जुन विश्लेषकहरूले गरेको अनुमान भन्दा ११.१ अर्ब युआन भन्दा कम हो। कम्पनीको आम्दानी १३६ प्रतिशत बढेर २ खर्ब २१ अर्ब ५० करोड युआन (३३.३ अर्ब डलर) पुगेको छ, जुन पनि बजारको पूर्वानुमानभन्दा कम नै रह्यो।
यो कमजोर नतिजा यस्तो समयमा आएको छ कि जब चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूले घरेलु बजारमा तीव्र प्रतिस्पर्धा र घट्दो मागको सामना गरिरहेका छन्। नाफा कायम राख्नका लागि उनीहरू अब बढी नाफा दिने अन्तर्राष्ट्रिय बिक्रीमा अझ बढी निर्भर हुन थालेका छन्।
त्रैमासिक सुधारका बाबजुद, सन् २०२६ को पहिलो नौ महिनामा बीवाईडीको खुद आम्दानी ४.२ प्रतिशत घटेर २२.३४ अर्ब युआनमा सीमित भएको छ। जबकि, आम्दानी ५ खर्ब ६६ अर्ब ३० करोड युआनमा लगभग यथावत छ।यद्यपि, दबाब महसुस गरिरहेको बीवाईडी एक्लो चिनियाँ अटोमोबाइल निर्माता भने होइन।
घरेलु प्रतिस्पर्धी जिली अटोमोबाइलले पनि बिहीबार आफ्नो तेस्रो त्रैमासिक नतिजा सार्वजनिक गरेको छ। यसमा कम्पनीको खुद नाफा २८ प्रतिशत बढेर ४.८४ अर्ब युआन (७२ करोड ६० लाख डलर) पुगेको छ। यो विश्लेषकहरूको ५.१९ अर्ब युआनको अपेक्षाभन्दा कम हो।
जिलीको त्रैमासिक आम्दानी १० प्रतिशत बढेर ९८.९६ अर्ब युआन पुगेको छ भने मुख्य खुद नाफा ३२ प्रतिशत वृद्धि भई ५.२१ अर्ब युआन पुगेको छ। यस त्रैमासिक अवधिमा कम्पनीले ८ लाख १२ हजार ५०० सवारी साधन बिक्री गरेको छ। जसमा निर्यात दोब्बरभन्दा बढी वृद्धि भई ३ लाख २३ हजार ४४२ युनिट पुगेको छ।
यी भिन्न नतिजाहरूले चिनियाँ अटोमोबाइल उद्योगमा भइरहेको व्यापक रूपान्तरणलाई उजागर गर्छ। जहाँ उत्पादकहरू तीव्र घरेलु मूल्य प्रतिस्पर्धाबाट बच्न विदेश बजारतिर बढी आकर्षित भइरहेका छन्।
आयल प्राइस डटकमले पहिले रिपोर्ट गरेझैं रेकर्ड पेट्रोल र डिजेलको मूल्यले युरोपको विद्युतीय सवारी साधनतर्फको संक्रमणलाई तीव्र बनाएको छ। सेप्टेम्बरमा ब्याट्री इलेक्ट्रिक सवारी साधन दर्ता ६० प्रतिशत बढेको छ। बीवाइडी सबैभन्दा ठूलो लाभार्थीहरू मध्ये एक थियो। युरोपेली बजारमा बीवाईडी इभी गाडी बिक्री दोब्बर भन्दा बढी भएको छ।
तैपनि त्यो विदेशमा सफलताले नयाँ चुनौतीहरू सिर्जना गरिरहेको छ। युरोपेली संघले पहिले नै चिनियाँ निर्मित ईभी सवारी साधनहरूमा थप शुल्क लगाइसकेको छ।
द्रुत रूपमा बढ्दो चिनियाँ हाइब्रिड आयातलाई प्रतिबन्धित गर्ने उपायहरू विचार गरिरहेको छ। बीवाईडीले युरोपमा आफ्नो उत्पादन पदचिह्न विस्तार गरेर प्रतिक्रिया दिइरहेको छ। यसको हंगेरी कारखानाले २०२६ को अन्त्य अघि ठूलो मात्रामा उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ।
जिली स्पेनमा फोर्डसँगको उत्पादन साझेदारीमार्फत अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार भइरहेको छ। दुवै कम्पनीका लागि विदेशमा विस्तार हुनु महत्त्वपूर्ण बन्दै गएको छ। किनकि चीनको आन्तरिक अटो बजार अहिले उपभोक्ताको कमजोर आत्मविश्वास र विद्युतीय सवारी साधनका लागि दिइने सरकारी अनुदानमा भएको कटौतीका कारण संघर्ष गरिरहेको छ।
अहिलेको चुनौती केवल धेरै विद्युतीय सवारी साधन बेच्नुमा मात्र सीमित छैन। स्वदेशमा चलिरहेको मूल्यसम्बन्धी प्रतिस्पर्धा (प्राइस वार) र विदेशमा बढ्दै गएका व्यापारिक अवरोधकाबीच नाफा कायम राख्नु नै मुख्य चुनौती हो।


