२०८३ कार्तिक १७ गते सोमबार

एसियामा कच्चा तेलको भाउ युद्धअघिको भन्दा दोब्बर बढ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १७
oil

काठमाडौं। पश्चिम एशिया (खाडी) मा जारी तनावका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ।

अमेरिका, इजरायल र इरानबीच गत फेबुअरीदेखि सुरु भएको युद्धले होमर्जु जलमार्गमा कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म विस्तार भएपछि इन्धनको मूल्य व्यापक रुपमा बढेको अमेरिकी वित्तीय संस्था ब्ल्याक रकले सार्वजनिक गरेको प्रतिवेदनले उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार सुरुमा वैकल्पिक मार्गबाट ढुवानी, मौज्दात र रणनीतिक भण्डारले कच्चा तेलको आपूर्ति अवरोधको प्रभाव कम गरेका थिए। तर खाडी क्षेत्रमा ऊर्जा पूर्वाधार र समुद्री ढुवानी मार्गलाई लक्षित गरी भएका पछिल्ला आक्रमणले आपूर्ति व्यवस्थामाथि थप दबाब सिर्जना गरेको छ।

ब्ल्याक रकका अनुसार अहिले अभावको प्रभाव कच्चा तेलभन्दा पनि प्रशोधित इन्धन र ढुवानी क्षेत्रमा बढी देखिन थालेको छ। कच्चा तेलको आपूर्ति केही सुधार भए पनि प्रशोधन क्षमता र ट्यांकर ढुवानीमा देखिएको अवरोधले इन्धनको मूल्य बढाएको हो।

गत अक्टोबर २३ मा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ अमेरिकी डलरसम्म पुगेको थियो। यो अप्रिलयताकै उच्च मूल्य हो। यो रिपोर्ट तयार पार्दासम्म भने यसको मूल्य ३.७८ प्रतिशत घटेर प्रतिब्यारेल १०९.७ डलरमा झरेको छ। गत साता कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७ डलर माथि पुगेको थियो।

ऊर्जा संकटको प्रभाव तेल प्रशोधन र ढुवानी कम्पनीको सेयरमा समेत देखिएको छ। यस वर्ष प्रशोधन कम्पनीका सेयर करिब १६० प्रतिशत र तेल ट्यांकर सञ्चालक कम्पनीका सेयर १२० प्रतिशत बढेका छन्।

यसको तुलनामा प्रमुख तेल तथा ग्यास उत्पादक कम्पनीका सेयर ४० प्रतिशत मात्र बढेको प्रतिवेदनमा उल्लेख छ। क्षेत्रगत रूपमा युरोप ऊर्जा संकटको बढी जोखिममा देखिएको छ। ब्ल्याक रकका अनुसार ऊर्जा संकटका कारण युरोपको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.५ प्रतिशतले घटेको अनुमान छ। अमेरिकामा भने यसको प्रभाव ०.१ प्रतिशतमा सीमित रहेको छ।

युरोपमा प्राकृतिक ग्यासको भण्डारण क्षमता करिब ७५ प्रतिशत मात्र भरिएको छ। सन् २०११ देखि तथ्यांक राख्न थालिएयताकै यो मौसमी अवधिको न्यूनतम स्तर हो। तरल प्राकृतिक ग्यास एलएनजी) को आपूर्तिमा अवरोध रहेकाले आगामी जाडोयाम बढी चिसो भए ऊर्जा मूल्य थप बढ्न सक्ने प्रतिवेदनले औंल्याएको छ। यस वर्ष युरोपेली ऊर्जा मूल्यसमेत १७० प्रतिशतले बढिसकेको छ।

अमेरिका खुद ऊर्जा निर्यातकर्ता भएकाले तुलनात्मक रूपमा सुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, प्रविधिजन्य वस्तुको बलियो निर्यातले एसियामा बढ्दो ऊर्जा आयात लागतको प्रभाव केही कम गरेको ब्ल्याक रकको विश्लेषण छ।

ब्ल्याक रकले मध्यपूर्वको द्वन्द्व अन्त्य भए पनि ऊर्जा सुरक्षाका लागि वैकल्पिक आपूर्ति मार्ग र पूर्वाधारमा लगानी गर्ने प्रवृत्ति जारी रहने अनुमान गरेको छ। यस्तो परिवर्तन द्वन्द्व समाप्तिपछि पनि दीर्घकालसम्म कायम रहन सक्ने उसको भनाइ छ।

ऊर्जा आपूर्ति प्रणाली बलियो बनाउन आवश्यक पर्ने ठूलो लगानीले पुँजीका लागि प्रतिस्पर्धा बढाउनुका साथै दीर्घकालीन सरकारी ऋणपत्रको ब्याजदरमा समेत दबाब सिर्जना गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ। एएनआई

प्रकाशित: २०८३ कार्तिक १७ गते सोमबार ११:५१
प्रतिक्रिया

थप समाचार

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

काठमाडौं। प्रविधि कम्पनी गुगल इंकले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ। यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै...

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

काठमाडौं। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ। फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

म्याक्स टाइकरको दशैँ धमाका: ९ जनाले जिते मोटरसाइकल र स्कुटर, कार कसले जित्ला?

काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न सहरका उपभोक्ता विजेता बनेसँगै...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना